वीरगञ्ज । पर्सामा ७४ जना कोरोना थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार बाराका ३ जना र सर्लाहीका एक जना गरी पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
जिल्लाका विभिन्न स्थानबाट आएका स्वाबका नमूनाहरु परिक्षण गर्दा ७५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जसमा एक जना शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी विष्णु लामापनि रहेकी छन् ।१४ महिलासहित थपिएका सङ्क्रमित १२ वर्षदेखि ६८ वर्षीय उमेर समुहका रहेका छन् ।
जसमा एक जना वीरगञ्जस्थित भारतिय महावाणिज्य दुतावासमा कार्यरत एक जना ३५ वर्षीय कर्मचारी र ३ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ बर्षकी किशोरी समेत रहेकी छन् ।पर्सामा थपिएका नयाँ सङ्क्रमित मध्ये अधिक्तम वीरगञ्जका भएपनि केहि अन्य स्थानीय तहका समेत रहेको नारायणी अस्पतालले जनाएको छ ।
सङ्क्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका, मास ट्रेसिङमा परेका र सेव्च्छाले आफ्नो टेस्ट गराएका मध्ये पनि रहेका नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनले केहि सङ्क्रमितहरुमा कोरोनाको लक्षण समेत देखिएको बताए ।वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा २४, २८ र ३३ वर्षगरी ३ जना महिला र एक जना ५५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी थपिएका सङ्क्रमित मध्ये वडा नं. ४ का एक जना २० वर्षीय पुरुष, वडा नं. ६ महावीर टोलका एक जना ४८ वर्षीय पुरुष, वडा नं. ७ कुम्हाल टोलका ३६ र ३८ वर्षका २ जना पुरुष, वडा नं. ८ लिंकरोडका एक २८ वर्षीय र पानिटंकीका एक जना ४५ वर्षीय गरी २ जना पुरुष, वडा नं. ९ गणेशटोलका १८, २० र ५५ वर्षका २ महिला र २१, २२, ५८ र ४२/४२ वर्षका एक जना पुरुषगरी ७ जना रहेका छन् ।
त्यसैगरी वडा नं. १० दुई जना २८ वर्षीय र दुई जान ४० वर्षीयगरी ४ जना पुरुष, वडा नं. ११ का एक जना २९ वर्षीय पुरुष र एक जना ३० वर्षीय महिलागरी २ जना, वडा नं. १२ की मुर्लीका २२, ३० वर्षीयका महिला र एक जना ४३ वर्षीय पुरुषगरी ३ जना, वडा न. १३ राधेमाईका एक जना १९, २८ र ५५ वर्षीय पुरुष गरी ३ जना, वडा नं. १५ भिस्वाकी एक जना २८ वर्षीय महिला र ४२ वर्षीय पुरुषगरी २ जना, वडा नं. १६ का ३८, ४४, ४६ र ६० वर्षीय पुरुषगरी ४ जना, वडा नं. १८ का एक जना ३३ वर्षीय पुरुष, वडा नं. २१ पटेलनगरका २३ र ३२ वर्षीय गरी २ जना पुरुष र वडा नं. २४ की एक जना १६ वर्षीय किशोर रहेका छन् ।
त्यसैगरी पर्साकै पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ का २२ वर्षीय पुरुष, जिराभावान गाउँपालिका वडा नं. २ की एक जना २२ वर्षीय महिला, पर्सागढी नगरपालिका वडा नं. ६ का २२, ३२ र ४२ गरी तिन जना पुरुष, बहुदरमाई नगरपालिका एक जना २४ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिकाका २ जना २० वर्षीय पुरुष र पर्सा जिल्लाकै अमरपट्टी वडा नं. ४ का २ जना महिला र १ जना पुरुषमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ३ का एक ३२ वर्षीय पुरुष, कलैया उपमहानगरपालिका वडा नं. ६ का एक ३३ वर्षीय पुरुष, फेटा गाउन्पालिका वडा नं. ६ का एक २२ वर्षीय पुरुषगरी ३ जना र सर्लाहीका एक जना ३६ वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको डा. उपाद्यायले जानकारी दिए ।