नयाँ दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानी विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार शुक्रवार यूरोपेली लक्जरी कम्पनी लुईं विटोँका मालिक बर्नार्ड आर्नल्टलाई उछिन्दै उनी सो स्थानमा उक्लिएका हुन् ।
बिलेनियर्स इन्डेक्स अनुसार शुक्रवार अम्बानीको नेटवर्थ ३२ करोड ६० लाख डलरले बढी ८० अर्ब ६० करोड डलरमा पुगेको थियो । उक्त दिनको कारोबारमा आर्नल्टको नेटवर्थ भने १ अर्ब २४ करोड डलर घटेर ८० अर्ब २० करोड डलरमा झरेको थियो ।
यस वर्ष अम्बानीको सम्पत्ति २२ अर्ब डलर थपिएको छ । सोही अवधिमा आर्नल्टको नेटवर्थ २५ अर्ब १० करोड डलरको कमी आएको छ । हालैका हप्तामा अम्बानीले अर्बपतिको सूचिमा एलन मस्क, सेर्गे ब्रिन, ल्यारी पेज, वारेन बफेटलगायतलाई उछिनिसकेका छन् ।
अम्बानीले विस्तारै आफ्नो ध्यान ई–कमर्शमा लगाइरहेका छन् । हालैका महीनामा अम्बानीको स्वामित्वमा रहेको व्यापारिक समूह रिलायनस इन्डिष्ट्रिजको डिजिटल व्यवसायमा फेसबुक, सिल्भरलेक, गूगललगायत कम्पनीहरुबाट एक पछि अर्को गर्दै २० अर्ब डलरभन्दा धेरै लगानी भित्रिएपछि रिलायन्सको शेयर मूल्य आकाशिएको छ । एजेन्सी