• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ का आठ जिल्लामा एक वर्षमा ८ सय १३ जनाको आत्महत्या

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १९:२८
  • २९२५

    वीरगंज | गत साता आइसोलेसनबाट फर्केका एकजना युवाले आत्महत्या गरे। धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरन्दाहाका ३५ वर्षीय युवा विशेश्वर यादवले साउन १६ गते आइसोलेसनबाट घर फर्केपछि आत्महत्या गरेका थिए।

    आइसोलेसनबाट फर्केपछि आफ्नै घर परिवार समाजबाट तिरस्कृत भएपछि उनले आत्महत्या रोजे। उनमा कोरोनाको कुनै लक्षण नदेखिएपछि सरकारको मापदण्ड अनुसार घर पठाइएको थियो तर घर जाँदा उनलाई घरभन्दा बाहिर नै राखेर पातमा खाना दिने गरिन्थ्यो र कोही उनको नजिक जान नचाहेपछि उनले अन्तमा आत्महत्या गरे।

    त्यस्तै पञ्चायतको दबाब सहन नसकेर सिरहामा एकजनाले आत्महत्या गरेका थिए। गत असार ११ गते सिरहाको लहान नगरपालिका वडा नं. २४ का श्यामलाल राम गोबिन्दपुर–झुटकी जाने बाटोको बीचमा पर्ने सरे खोलास्थित आँपको रुखमा झुण्डिएको अवस्थामा भेटिए। कारण थियो– उनले आफ्नो छोरीको विवाह तय गरेका थिए र दाइजोसमेत बुझाइसकेका थिए, तर उनकी छोरी अर्कै केटासँग प्रेममा रहेकोले आफ्नो प्रेमीसँग भागिन्।

    छोरी अर्कै केटासँग भागेकै कारण गाउँका मुखियाहरुले श्यामलाललाई जरिवाना गराए। जरिवानामा उनलाई ६० हजार रुपैयाँ तिर्न लगाइएको थियो। श्यामलालले विवाह तय गरेको पक्षबाट पहिलो छोरी भागे पनि दोस्रो छोरीसँग विवाह गर्न तयार रहेको प्रस्ताव दिएपछि श्यामलालले आफ्नो जातका अगुवाहरुलाई सो कुरा सुनाएका थिए। तर अगुवाहरुले ६० हजार जरिवाना नतिरेसम्म दोस्रो छोरीको विवाह हुन नदिने अडान लिएपछि श्यामलालले बाध्य भएर आत्महत्या गरे।

    यस्ता घटना प्रदेश २ मा बढ्दै गएको छ। २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार यस प्रदेशमा प्रत्येक दिन दुई जना बढी व्यक्ति विभिन्न कारणवस आत्महत्या गर्दै आएका छन्। गत आर्थिक वर्षमा मात्र यस प्रदेशमा ८ सय १३ जनाले आत्महत्या गरेको २ नम्बर प्रदेश प्रहरीका प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए।

    आत्महत्या गर्नेहरुमा पनि अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन्। यस प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा ८ सय १३ जनाले आत्महत्या गरेका छन् भने त्यसमा ६ सय ९ जना झुण्डिएर आत्महत्या गरेको तथ्यांक छ। प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्यामा बृद्धि हुँदै गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    यसभन्दा पहिले आर्थिक वर्ष २०७५/०७६ मा ७ सय १७ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७४/०७५ मा ६ सय ३६ जनाले आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा अधिकांश युवा छन्।

    युवाहरु शारीरिक, मानसिक, भावनात्मक रुपले परिपक्क भएपनि परिवारभित्र उनीहरुको भावनाको सम्मान नहुँदा उनीहरुले आत्महत्यासम्मको बाटो रोज्न बाध्य हुने गरेको मनोविज्ञानका जानकार एवं क्षिरेश्वरनाथ नगरपालिकाका अधिकृत उमेशलाल कर्ण बताउँछन्।

    समाज विकासको बाटोमा अगाडी बढेपनि मधेशको रहनसहन, संस्कृतिले गर्दा आजका युवाहरु आफुलाई कुनै दायराभित्र कैद गरेर राखिएको महशुस गर्ने गरेको उनले बताए। यसका लागि किशोरावस्थामा प्रवेश गर्ने बित्तिकै घरपरिवारका सदस्यदेखि लिएर विद्यालयका शिक्षकसम्मले उनीहरुसँग परामर्शको वातावरण निर्माण गर्नुपर्नेमा कर्णले जोड दिए।

    कर्णका अनुसार पुरुषको तुलनामा महिलाहरु बढी आत्महत्या गर्नुको प्रमुख कारण चरम उत्पीडनको सामना गर्नुपर्ने, बिहेपछि उनीहरुले राखेका इच्छा अपेक्षाहरु पूरा नहुनु लगायतका रहेका छन्।

    महिलाहरुलाई आफन्तबाटै यौन शोषणको पिडा भोग्नु पर्ने, पतिबाटै पनि यौनदासी जस्तो व्यवहार गरिनु, विद्यालय, सार्वजनिक स्थलमा यौन शोषणका घटनाका कारणले गर्दा पनि उनीहरु आत्महत्याको बाटो अपनाउन बाध्य हुने गरेको उनको भनाइ छ। सार्वजनिक स्थल, घरपरिवार, विद्यालय समेतमा असुरक्षित रहेको त्यसमा पनि उनीहरुलाई सम्झाउने बुझाउने कार्य कहीँ कतैबाट नभएकाले पनि उनीहरु उक्त बाटो अपनाउने गरेको उनले बताए।

    यसका लागि घरपरिवारदेखि विद्यालयसम्मले एक जिम्मेवार अभिभावकको भूमिका खेल्नुपर्ने कर्णको सुझाव छ।

    प्रदेश २ मा सबैभन्दा बढी सिरहामा १४३ जनाले आत्महत्या गरेका छन्। सिरहापछि धनुषामा १ सय २९, बारामा १ सय २८, सप्तरीमा ९६, पर्सामा ९५, रौतहटमा ८१, महोत्तरीमा ७६ र सर्लाहीमा ६५ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑