चितवन | प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । अयोध्यापुरीलाई नै वास्तविक अयोध्या क्षेत्र बताउँदै प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् ।
यस्तै प्रधानमन्त्री ओलीसँग भेट गर्न नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै उपप्रमुख ताराकुमारी काजी महतो, प्रवक्ता एवं माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदी, नेकपा माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल र सदस्य साध्यबहादुर भण्डारी सम्मिलित टोली काठमाडौं प्रस्थान गरेको बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका वडा नं। ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरी माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको बताएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।