• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ को अवस्था भयावह बन्दै गएको हो

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार ०९:३३
  • ३२१३

    वीरगंज । गत २४ घन्टामा नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित भेटिएका छन् । यो सँगै सङ्क्रमितको कुल सङ्ख्या २२,२१४ पुगेको छ। तीमध्ये ६,३३० जनामा सक्रिय सङ्क्रमण छ । १५,८१४ जना भाइरसमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म चार लाख २७ हजार ९२६ जनाको पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिन थालिएको छ । काठमाडौँ उपत्यकासमेतमा केही दिनयता कोरोनाका सङ्क्रमित बढेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

    नेपालमा विसं २०७६ माग ९ गते पहिलो कोरोना सङ्क्रमणका बिरामी फेला परेको थियो । हालसम्म छ हजार ३३० जना आइसोलेशनमा छन् । पछिल्लो हप्तामा लक्षण भएका सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । साउन २२ गतेसम्मको विवरणमा ६६ जना बिरामी आइसोलेशनमा र तीमध्ये तीन जना भेन्टिलेटरमा रहेका छन्

    त्यसैगरी पछिल्लो २४ घण्टामा ४२५ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्कनेको ङ्ख्या १५ हजार ८१४ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । पछिल्लो चरणमा सुरक्षा निकाय, सरकारी कार्यालय, न्यायालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र प्रदेशमा मन्त्री समेतमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
    सङ्क्रमितमध्ये बहुसङ्ख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन् भने ६० भन्दामाथिका अतिन्यून २ दशमलव १ प्रतिशत रहेको छ । साथै सङ्क्रमितमध्ये चार प्रतिशत १० वर्षमुनिका रहेका छन् ।

    हाल परीक्षणको दायरा फराकिलो बनाई लक्ष्यण देखिएका, सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्ति, गम्भीर स्वासप्रस्वासमा समस्या भएका व्यक्ति, अग्रपङ्क्तिमा खटिएर काम गर्ने व्यक्तिको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । जिल्लागतरुपमा ५०० भन्दा बढी सङ्क्रमित चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । सङ्क्रमित शून्य रहेका छ जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम रहेका छन् ।

    ज्यान गुमाउने ५ जना को हुन् ?

    मृत्यु भएकामध्ये तीन जना पर्सा जिल्लाका र दुई जना सिराहा जिल्लाका हुन्। सबै जना पुरुष हुन्। तीमध्ये दुई जनाको पाटन र एक जनाको धरानमा मृत्यु भएको हो।पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो ३ः ३० बजे पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी वीरगन्ज श्रीपुरका ७९ वर्षीय वृद्धको साउन २० गते घरमै मृत्यु भएको थियो। मृत्युपछि परीक्षण गर्दा साउन २१ गते उनमा कोभिड भएको पुष्टि भएको थियो।यसैगरी सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

    यस्तै वीरगन्ज श्रीपुरकै अर्का ४७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको रोग भएको तथा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी साउन २० गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो।

    मृतकमा सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑