वीरगञ्ज | कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ ।3 सातामा 22 जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा र पर्साको वीरगञ्जमा मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।पर्साको सदरमुकाम वीरगञ्जमा कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि वीरगञ्जमा पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ ।
मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको अवस्थामा कसरी कोरोना सङ्क्रमण देखिएको जानकारी गराएपछि समुदायमा कोेरोना फैलिएको भन्ने डर देखिएको हो । मुलुकमा बन्दाबन्दी हटेको भए पनि कोरोनाबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुपर्ने, भीडभाड नगर्ने र स्यानीटाइजर र साबुनपानीले हात धुनेतर्फ बढी सचेत रहनुपर्ने देखिएको छ ।
भिटिएमको अभाव
सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाव सङ्कलनका लागि आवश्यक पर्ने भिटिएम अभाव भएको छ ।