वीरगंज । नारायणी वयाेधा अस्पताल वीरगंजका ५ डाक्टर, ४ नर्ससहित १५ जना काेराेना संक्रमित भएका छन् । नारायणी अस्पताले शुक्रबार विहान सार्वजनिक गरेकाे थपिएका एक सय ४१ संक्रमित मध्ये वयाेधा अस्पताका १५ जना रहेका छन् । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा ति सबै जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।
केहि दिन पहिला वयाेधा अस्पतालमा काेराेना संक्रमणबाट मृत्यु भएकाे बिरामीकाे कन्टेक्ट ट्रेसिङकाे अधारमा ५ डाक्टर, ४ स्टाप नर्स, एक गार्ड र अन्य ५ जना कर्मचारी गरि १५ जनामा संक्रमण फेला परेकाे हाे ।
साउन १६ गते वयाेधा अस्पतालमा उपचाररत वीरगंज १६ नगवाकी ५० बर्षियकाे महिलाकाे मृत्यु भएपछि काेराेना संक्रमण पुष्टि भएकाे थियाे । फेरी साउन १७ गते अस्पतालमा उपचाररत वीरगंज १६ नगवा कै अर्की महिलाकाे काेराेना संक्रमण पुष्टि भएपछि गण्डक काेभिड अस्पतालमा रेफर गर्दा मृत्यु भएकाे थियाे ।ति मृतक महिलाहरु कै कन्टेक्ट ट्रेसिङकाे आधारमा स्वाब संकलन गरि काेराेना परिक्षण गर्दा अस्पतालका १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।