वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गरिएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरुको शुक्रबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री कार्यालयको सुरक्षामा खटिएको सुरक्षाकर्मीको यसअघि नै स्वाब संकलन गरिएको थियो ।