• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भ्रम फैलाएको भन्दै फेसबुक र ट्विटरले हटाइदिए ट्रम्पको भिडियो

  • वीरगंज संजाल
  • २३ श्रावण २०७७, शुक्रबार ०८:५८
  • ३६९७

    फेसबुक र ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ बारे भ्रम सिर्जना गर्ने भिडियो ‘पोस्ट’ हटाइदिएका छन् । ट्रम्पले हालै अमेरिकी टेलिभिजन फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ‘बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रशस्तै रोग प्रतिरोधात्मक क्षमता हुन्छ’ भनेका थिए । उनको यो अभिव्यक्तिसहितको ‘भिडियो क्लिप्स’लाई फेसबुकले हटाइदिएको हो । फेसबुकले ट्रम्पको भिडियोमा कोरोना भाइरसबारे घातक सावित हुने गलत सूचना रहेको जनाएको छ ।

    ट्विटरले यही विषयमा ट्रम्पको भिडियो पोस्ट हटाइदिएको खुलाएको छ । ट्रम्पले आफ्नो अकाउन्टबाट सेयर गरेको सो भिडियो क्लिप्स नहटाएसम्म ट्विटरले उनको चुनावी अभियानका लागि खोलिएको अर्काे अकाउन्ट अवरुद्ध गरिदिएको जनाएको हो । राष्ट्रपति ट्रम्पको यो विवादास्पद भिडियो फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालबाट आएपछि अमेरिकी जनस्वास्थ्य कार्यालयले बालबालिकामा कोभिड–१९ सँग लड्ने त्यस्तो कुनै प्रतिरोधात्मक क्षमता नहुने स्पष्ट पारेको छ ।

    फेसबुकका प्रवक्ताले अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसबारे गलत सूचना रोक्ने आफ्नो नीतिको उल्लंघन गरेको जनाएका छन् । ‘यो भिडियोमा मानिसको कुनै एउटा समूह कोभिड–१९ बाट मुक्त छ भन्नेजस्ता झुटा दाबी गरिएको छ, जुन कोभिडबारे घातक गलत सूचना रोक्ने हाम्रो नीतिको उल्लंघन हो,’ बुधबार साँझ फेसबुकका प्रवक्ताले भने ।

    बुधबार ट्विटरले पनि यही विषयमा राष्ट्रपति ट्रम्पको पोस्ट हटाएको खुलाएको छ । ट्रम्पले सोही भिडियो क्लिप्स आफ्नो अकाउन्टबाट पनि सेयर गरेका थिए । उनले आफ्नो अकाउन्टबाट सो क्लिप्स नहटाएसम्म उनको चुनावी अभियानका लागि प्रयोग गरिएको अकाउन्ट ‘एदरेटटिमट्रम्पट्विट’ अवरुद्ध पारिएको ट्विटरले जनाएको हो । ‘एदरेटटिमट्रम्पट्विट कोभिड–१९ को गलत सूचनाबारे ट्विटरको नियम उल्लंघन गरेको देखियो,’ ट्विटरका प्रवक्ताले भनेका छन्, ‘त्यसैले यो अकाउन्टका मालिकले आफ्नो अर्काे ट्विट गर्न यो ट्विट हटाउनुपर्नेछ ।’ ट्विटरको चेतावनीपछि ट्रम्पले आफ्नो ट्विट हटाएका थिए ।

                                                                     …

    फक्स न्युजको बिहानी कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स अन वेड्नज्डे’ टेलिफोनमार्फत दिएको अन्तर्वार्तामा ट्रम्पले देशभरिका विद्यालय खोल्नुपर्ने तर्क गरेका थिए । ‘म भन्छु कि लगभग बालबालिकाहरू कोभिड–१९ बाट मुक्त छन्,’ उनले भने, ‘उनीहरू बलिया छन् । यो विश्वास गर्नै मुस्किल छ । मलाई थाहा छैन तपाई यस विषयमा कस्तो महसुस गर्नुहुन्छ । तर, बालबालिकासँग हाम्रोभन्दा पनि बलियो रोगप्रतिरोधात्मक क्षमता छ ।’ ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिको प्रतिस्पर्धामा होमिएका छन् । अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

    अमेरिकाले हालै विभिन्न २६ देशका सात हजार सात सय ८० बालबालिकामा गरेको कोरोना भाइरस अनुसन्धानमा प्रत्येक पाँच बिरामीमध्ये एकमा संक्रमणको लक्षण नदेखिएको पाइएको थियो । अरू प्रत्येक पाँचमध्ये एकको फोक्सोमा संक्रमणको अवधिमा क्षति पुगेको देखिएको छ । अमेरिकाको सान एन्टोनियोस्थित टेक्सास हेल्थ साइन्स सेन्टर विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३.३ प्रतिशत बालबालिकालाई आइसियूमा भर्ना गरिएको छ भने सातजनाको मृत्यु भएको पाइएको छ । लन्डन स्कुल अफ माइजिन एन्ड ट्रपिकल मेडिसिनले गरेको अर्काे अनुसन्धानले २० वर्षभन्दा माथिकालाई भन्दा २० वर्षभन्दा मुनिका व्यक्तिलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना आधा मात्रै हुने देखाएको छ ।

    कोभिड–१९ महामारीकैबीच अमेरिकामा विद्यालय खुल्दै छन् ?
    अमेरिकामा ‘स्कुल डिस्ट्रिक्ट्स’ले आफूअन्तर्गत धेरै विद्यालय सञ्चालन गर्ने गर्दछ । पछिल्लो समय अमेरिकाको धेरै राज्यमा कोरोना भाइरस संक्रमणको संख्या बढिरहेकाले विद्यालयहरू पुनः खोल्ने योजनालाई थाती राखेका छन् । देशको ठूलो २५ स्कुल डिस्ट्रिक्ट्समध्ये २० वटाले ढिला गरी मात्रै विद्यालय खोल्ने जनाएका छन् । तत्काल नखुल्ने विद्यालयमध्ये राष्ट्रपति ट्रम्पका छोराको विद्यालय पनि छ । ट्रम्पका छोरा बारोन मेरिल्यान्ड सुबर्बनस्थित विद्यालयमा पढ्छन् । सेन्ट एन्ड्रयुको इपिस्कोपाल स्कुलले विद्यालय खोल्नुको सट्टा अनलाइनबाटै कक्षा सञ्चालन गर्न तयार रहेको जनाएको छ । स्कुलले अभिभावकलाई इमेलमार्फत आफूहरू आफ्ना विद्यार्थी, परिवार र कर्मचारीको स्वास्थ्यप्रति गम्भीर रहेको जनाएको छ ।

    गत साता मात्रै जर्जियाको ठूलो स्कुल डिस्ट्रिक विनेट काउन्टीले विद्यालय र कलेज खोल्ने सम्बन्धमा योजना बनाउन थालेको थियो । यद्यपि, त्यसको दोस्रो दिनमै विनेट काउन्टीले आफ्ना दुई सय ६० कर्मचारीलाई विद्यालयको सम्पर्कबाहिर बस्न लगाएको थियो । त्यसमध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो भने केही संक्रमितको सम्पर्कमा पुगेका थिए । अमेरिकामा सबैभन्दा पहिले विद्यालय खोल्ने इन्डियानापोलिसको एक स्कुल डिस्ट्रिक्टमा पहिलो दिनमै एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको थियो । ती विद्यार्थीका अभिभावकले उनको परीक्षण गरेको रिपोर्ट आउन बाँकी रहेकै अवस्थामा विद्यालय पठाउँदा समस्या देखिएको विद्यालयले जनाएको थियो । विद्यार्थीमा संक्रमण पुष्टि भएलगत्तै विद्यालयले १५ मिनेटभन्दा बढी समय उनको ६ फिटको दूरीमा पुगेका सबै विद्यार्थीलाई घर पठाएको थियो । नयाँ पत्रिका दैनिकबाट

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑