बीरगञ्ज | बीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक पुरुषको ज्यान गएको छ। नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकमा उपचाररत रहेका बीरगञ्ज १० आदर्श नगरका ५७ बर्षिय एक ब्यावसायीको बिहीबार बिहान मृत्यु भएको थियो ।उनमा भने उनको मृत्यु पशचात कोरोना सँक्रमण पुष्टि भएको हो।
बिहीबार बिहान कोभिड अस्पतालमा मृत्यु भएका उनको स्वाब सँकलन गरि नारायणी अस्पतालमा गरिएको पिसीआर परिक्षणमा कोरोना सँक्रमणको पुष्टि भएको हो।बिहिवार साँझ आएको मृतक ब्यावसायीको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्थायी काेभिड अस्पताल गण्डकका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
मधुमेह र मुटुरोगको समस्याबाट समेत पिडीत उनी श्वास प्रश्वासमा समस्या देखिएपछि गत साउन २० गते साँझ उपचारको लागि कोभिड अस्थायी अस्पताल गण्डकमा भर्ना गरिएको थियो।यस्तै गत मङलबार आफ्नै घरमा मृत्यु भएका बीरगन्ज ११ मुर्लिका ८० बर्षका वृद्धमा पनि कोरोना संक्रमण देखिएको छ।
उनको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणम उनमा कोरोना संक्रमण पुष्टि भएको हो।बिहीबार साझ आएको रिपोर्टमा मृतक वृद्धमा कोरोना संक्रमण देखिएको डाक्टर सिंहले बताए।