उपचारका लागि आफन्तले अस्पताल पुर्याएका महतोले अस्पतालले भर्ना गर्न नमानेपछि कुर्दाकुर्दै गेटमै प्राण त्यागेका हुन् । पिसिआर रिपोटसहित पुगेका आफन्तले रिपोट नेगेटिभ भएको प्रमाण देखाउँदा समेत भर्ना नगरेको आफन्तको भनाई छ ।
बिगत १०/१५ दिन देखि कमजोरी जस्तो महशुस भएर ज्वरोसमेत आएका महतोलाई आफन्तले उपचारका लागि चिकित्सकको पुर्याएकोमा पिसिआर रिपोट बिना उपचार नगर्ने भनेपछि तीन चार दिन अघि पिसिआर परिक्षणका लागि स्वाब जम्मा गराएका थिए ।
हिजो पिसिआर परिक्षणको रिपोट नेगेटिभ आएपछि सुविधा सम्पन्न मानिएको नेशनल मेडिकलमा उपचारका आफन्त आज बिहान लिएर गएका थिए ।
तर अस्पतालले भर्ना गर्नका लागि एमडीको अनुमति चाहिन्छ भनेर भर्ना नगरेको आफन्तको भनाई छ । तथापि, नेशनलका एमडीबाटै अस्पतालमा भर्ना गराउन विभिन्न व्यक्तिको माध्यमबाट सम्पर्क गर्ने प्रयासमा आधा एक घण्टा बित्दा बित्दै गेटमै दाईले प्राण त्यागेको मृतकका भाई शम्भु महतोले दुखेसो पोखे ।
यसअघि, आजै बिहान मात्रै जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीको स्वास्थ्यमा खेलवाड गरको पाइएका निजी अस्पताललाई कारवाही गर्ने निर्णय भएको सूचना जारी गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा हिजो बसेको जिल्ला संकट व्यवस्थपान केन्द्रको बैठकले यस्तो निर्णय गरेको सूचनामा जनाइएको थियो । अटेर गरी निर्णयको बेवास्ता गरेर बिरामीको स्वास्थ्यमा खेलवाड गरे प्रचलित कानुन बमोजिम कारवाही गरिने निर्णयमा उल्लेख छ ।
तर सो निर्णय सार्वजनिक भएको केही घण्टा पनि नबित्दै बिरामीको ज्यान गएको छ । प्रशासनले निर्णयमा उल्लेख भए अनुसार प्रशासनले कारवाही गर्ने कुरामा भने सर्वसाधारणले आशंका व्यक्त गरेका छन् ।
अस्पतालको यस प्रकारको लापरवाही पहिला पनि देखिएकोमा पहिला पनि कारवाही नभएको र अहिले पनि कारवाही नहुने सर्वसाधारण बताउँछन् । राज्य बिहीनताको महशुस गरिरहेको सर्वसाधारण बताउँछन् । उपचार अभावमा बिरामी ज्यान जानु हत्या सरह रहेको स्थानीयको ठहर छ ।