• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा १० दिनमा पनि आएन पिसिआर रिपाेर्ट

  • वीरगंज संजाल
  • २१ श्रावण २०७७, बुधबार ००:१४
  • २९४५

    वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालाकाे गंभीर लापरवाही देखिएकाे छ । एकदेखि २ दिनमा आउनु पर्ने पिसिआर रिपाेर्ट १० दिनमापनि नआएपछि लापरवाही देखिएकाे हाे ।वीरगंज महानगरपालिकाकाे वडा नं. ९ स्थित रेल्बे माविमा साउन ११ गते पिसिआर परिक्षणकाे लागि गरिएकाे स्वाब संकलनकाे रिपाेर्ट अझै सम्म नआएकाे स्थानिय मनाेज कलवारले वताएका छन् । ९ दिन अघि रेल्बे स्कुलमा गरिएकाे एक सय १३ जनाको स्वाब संकलनकाे रपाेर्ट अझै सम्म नआउनुले नारायणी अस्पतालकाे गंभिर लापरवाही देखिएकाे उनले कालिका टाईम्ससंग कुरा गर्दै वताए ।
    रिपाेर्टकाे किन आएन भनेर जान्न अस्पतालका मेसु डा मदन कुमार उपाध्यायसंग विभिन्न माध्यमले सम्पर्क गर्न प्रयास गर्दा  पनि सम्पर्क हुन नसकेकाे उनले गुनासाे गरे ।उनले भने “साउन ११ गते नै रेल्बे स्कुलमा स्वाब दिएकाे एक जनाकाे ४ दिन सम्म रिपाेर्ट नआउदा पुन: नारायणी अस्पताल मै पैसा तिरेर चेकअप गराउदा पाेजेटिभ रिपाेर्ट आयाे । उनकाे स्वास्थ्यमा समस्या देखिएपछि साेही अस्पतालमा पुन: पैसा तिरेर चेकअप गराएपछि एक दिन मै रिपाेर्ट आयाे तर पहिलाकाे रिपाेर्ट अझै सम्म आउन सकेकाे छैन् ।”
    उनले प्रशन गर्दै भने यसकाे जिम्मेवारी कसले लिने, एउटा रिपाेर्ट दिनमा यत्राे ढिलाई भने उपचारकाे अवस्था के हाेला सहजै अनुमान गर्न सकिन्छ । फेरी रेल्बे स्कुल मै साउन १३ गते गरिएकाे स्वाब संकलनकाे रिपाेर्ट आइसकेकाे छ । त्यसमा १४ जना काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।यस्तै साउन १६ गते शुक्रबार त्रिजुद्ध स्कुलमा गरिएकाे स्वाब संकलनकाे पिसिआर रिपाेर्ट अझै आउन नसकेकाे संविधान सभा सदस्य आत्माराम साहकाे गुनासाे छ ।
    जनता समाजवादी पार्टीका नेतासमेत रहेका साहले पिसिआर रिपाेर्टकाे ढिलाईले झन तनाव उत्पन्न भएकाे वताए । कालिका टाइम्ससंग कुरा गर्दै उनले भने “मेराे एउटा कारखाना पनि छ, त्याे कारखानाकाे एउटा कर्मचारीले मैसंग शुक्रबार त्रिजुद्ध स्कुलमा काेराेना परिक्षणकाे लागि स्वाबकाे नमुना दिएका थिए, उसलाई ज्वराेसमेत आइरहेकाे छ तर रिपाेर्ट अझै सम्म नआउनुले झन तनाव दिएकाे छ ।”
    आफुलाई त कुनै समस्या नदेखिएकाे वताउदै उनले तर कर्मचारीकाे समस्याले गर्दा रिपाेर्ट बारे बुझ्न अस्पतालका मेसु डा उपाध्यायसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेकाे छैन्, मेसुसंग सम्पर्क हुन नसकेपछि सहाय प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई समस्या बारे जानकारी गराएकाे छु ।उनले थपे यस्ताे महामारीकाे समयमा हामीलाई यस्ताे समस्या छ भने सर्बसधारणलाई कस्ताे समस्या हाेला सहजै अनुमान गर्न सकिन्छ । वीरगंज महानगरकापालिकाका मेयर विजय सरावगीका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले आफुले पनि शुक्रबार नै दिएकाे स्वाब संकलनकाे रिपाेर्ट बारे अझै थाह पाउन नसकेकाे वताए ।
    उनले भने “मेयर सावकाे नजिकमा आएका प्रमुख प्रशासकिय अधिकृतसहितका नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि लगायतकाले त्याे दिन पिसिआर परिक्षणकाे लागि स्वाब दिएका थिए तर रिपाेर्टकाे अझै सम्म थाह पताे छैन् । पछि हामी मध्ये कै हाम्रै पार्टीका नेता समेत रहेका सिपु तिवारीकाे स्वास्थ्यमा समस्या देखिएपछि भने सुनेर परिक्षण गराएपछि रिपाेर्ट पाेजिटिभ देखियाे, अहिले उहाँ अस्पतालमा हुनुहुन्छ । तर हाम्राे रिपाेर्ट अझै सम्म नआउनुले तनाव श्रृजना गरेकाे छ ।”
    मेसु सावलाई फाेन गर्दा फाेन नै उठ्दैन्, एउटा रिपाेर्टकाे लागि हामी जस्ताेलाई यत्राे कठिनाई र समस्या छ भने अरुलाई के हालत हाेला भन्न सकिदैन् ।पिसिआर रिपाेर्टमा हुने गरेकाे ढिलाईका कारण कतिपयले ज्यान समेत गुमाउनु परेकाे गुनासाे आइरहेकाे छ । काेराेनाकाे लक्षणदेखिएकाहरुलाई वीरगंजका अस्पतालहरुले उपचार गर्न मानिरहेका छैनन् भने काेभिड अस्पतालले विना पिसिआर रिपाेर्टकाे भर्ना लिन पनि मानिरहेकाे छैन् । त्यहि भएर सम्बन्धित निकायकाे यसतर्फ ध्यान पुग्न जरुरी देखिन्छ ।यस बिषयमा बुझ्न नारायणी अस्पतालका मेसु डा उपाध्यायसंग फाेनमा सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन । kallikatimes

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑