• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १६५ थरीका कोरोना भ्याक्सिन विकासको दौड चलिरहँदा डब्लुएचओ प्रमुखले किन भने ‘जादुको छडी होइन’

  • वीरगंज संजाल
  • २० श्रावण २०७७, मंगलवार २१:०३
  • २९२१

    कोरोना भाइरसको महामारीले सँसारभर समस्या भइरहँदा समाधानको उपाय पनि निकालिदैछ । यसको दीगो समाधानका लागि भ्याक्सिनको विकास भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो तथ्यांक अनुसार १६५ थरीका भ्याक्सिन विश्वभर विकास भइरहेका छन् । चार प्रकारका भ्याक्सिन अग्रपंक्तिमा छन् । तर, डब्लुएचओ प्रमुख टेड्रोस आडानोम गेब्रियससले कोरोना भ्याक्सिन जादुको छडी नभएको टिप्पणी गरेका छन् ।

    हिजो प्रेस ब्रिफिङमा गेब्रियससले अहिलेको अवस्थामा खोप रोग निवारणका लागि जादुको छडी हुन नसक्ने बताए । उनले यो कहिले पनि जादुको छडी बन्न नसक्ने समेत टिप्पणी गरे । उनले रोकथामका उपाय अनुसार भौतिक दुरी कायम गर्ने देखि हात राम्ररी धुने र मास्क प्रयोग गर्न आग्रह गरे ।

    विश्वभर कोरोना संक्रमित संख्या दुई करोड नजिक पुगिकेको र मृतक संख्या ७ लाख नजिक पुगिरहँदा गेब्रियससको पछिल्लो भनाई आएको हो । उनले विश्वका शक्तिशाली देशहरु खोपको दौडमा रहँदा उनीहरुप्रति लक्षित गर्दै खोप जादुको छडी नहुने बताइदिए ।अहिले सँसारभर चारवटा कम्पनि खोपको दौडमा अगाडि छन् । जसमध्ये रुसको गेमिलियाले केही दिनमै उत्पादन गर्न लागेको घोषणा गरिसकेको छ । अन्य तीन कम्पनि तेस्रो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेका छन् । जसमध्ये युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर छन् । उनीहरुले प्रति महिना दशौं लाख डज उत्पादन गर्ने देखि लिनसक्ने बजारको तयारी समेत गर्दै आएका छन् । यसकारण पनि विश्वको ध्यान भ्याक्सिन विकासतर्फ गएको छ ।

    विश्व स्वास्थ्य संगठनको पछिल्लो सुचीमा १६५ थरीका भ्याक्सिन विश्वभर विकासका क्रममा छन् । त्योभन्दा बढी पनि हुनसक्ने तर सबै प्रारम्भिक चरणमा छन् । २३ थरी भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् ।

    यति धेरै प्रकारको भ्याक्सिनको विकास भइरहेपनि कमैमात्र सफल हुने सम्भावना रहन्छ । यो वर्षौ लामो प्रक्रिया हो जसमा ठुलो धनराशी र स्रोत खर्च हुन्छ । त्यसले भ्याक्सिन विकास अति जोखिमयुक्त हुन्छ । असफल भए करोडौं डलर र मिहेनत गुम्छ ।

    भ्याक्सिन विकास कतै फेशन त बनिरहेको छैन भन्ने पनि देखिएको छ । स्वास्थ्य क्षेत्रको अनुसन्धानमा खासै सफलता नपाइरहेका देशहरु पनि भ्याक्सिन विकासमा जुटेका छन् । इजिप्ट, नाइजेरिया, थाइल्यान्ड, अर्जेन्टिना, बँगलादेशलगायतका देशहरु पनि लागेका छन् ।

    भ्याक्सिन विकासमा ठुलो धनराशी खर्च भइरहेको छ । अमेरिकाको पिफिजर कम्पनिले अरबौं डलर धनराशी कमाउने योजना समेत बनाएको छ । १० करोड डोज भ्याक्सिनवापत् उसले झण्डै दुई अर्ब डलर कमाउने हिसाब निकालेको छ ।

    अमेरिकाको मोर्डना कम्पनि पनि भ्याक्सिन विकासमा ढुक्क छ । उसले पनि अरबौं डलर आम्दानीको योजना बनाएको छ । १० करोड डोज भ्याक्सिन तयार गर्दा मोर्डनाले ५ अर्ब डलर कमाउने आँकलन गरिएको छ । उसले प्रति डोज भ्याक्सिनको ५० डलर मुल्य राख्नसक्ने जनाइएको छ । विश्वको खरबौ डलरको कोरोना भ्याक्सिनको बजारतर्फ बलिया देशको ध्यान गएको छ । उनीहरुले भ्याक्सिन विकास भएपछि समस्याको दीर्घकालिन हल हुने जसरी हल्ला मच्चाएपछि डब्लुएचओले जादुको छडी नभएको र रोकथामका अन्य उपाय अपनाउन भनेको बुझ्न सकिन्छ ।-एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑