• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमण झन्‌ फैलँदै, पठनपाठन के होला ?

  • वीरगंज संजाल
  • २० श्रावण २०७७, मंगलवार ०९:२०
  • २८२९

    वीरगंज | नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्दै गएका छन्। २० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्‌। जोखिम बढ्दै गएपनि केही विद्यालयले पठनपाठन थालेका छन्‌ भने कुनै जिल्लामा भइरहेको पठनपाठन पनि बन्द गरिएका छन्। झापाको भद्रपुर नगरपालिकाले नगरका केही सामुदायिक विद्यालय असार १३ गतेबाट सञ्चालन गरेको थियो। तर, संक्रमण  जोखिम रहेको भन्दै विरोध भएपछि साउन १६ गतेबाट पठनपाठन बन्द भयो।

    कर्णाली प्रदेशमा भने पठनपाठन थालिएको छ। हुम्ला जिल्लाका तीन गाउँपालिकाका ५१ विद्यालयहरूमा पठनपाठन सुरु गरेको छ। ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार ताँजाकोटसहित उत्तरी नाम्खा र दक्षिणतिरको खार्पुनाथ गाउँपालिकाका गरी ५१ विद्यालयमा पठनपाठन सुरु भएको छ। अध्यक्ष मल्ल भन्छन, ‘सामाजिक दूरी कायम गरी विद्यालयमा पठनपाठन सुरु गरेका छौँ, हुम्ला जिल्लामा कोरोना संक्रमणको त्रास धेरै छैन।’

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पनि नगरभित्र रहेका विद्यालयहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। यता, सरकारले भदौ १ गतेबाट भर्ना प्रकृया थाल्ने निर्णय गरेपनि फेरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। संक्रमण फैलँदै जाने र प्रतिकार्यमा एकीकृत योजना नआउँदा पठनपाठन अनिश्चित जस्तै बनेको छ। ‘सरकारको निर्देशन अनुसार विद्यालय सञ्चालन गछौँ’ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी सरकारले जारी गरेको निर्णयमै रहेर विद्यालय सञ्चालन गर्ने बताउँछन्। ‘

    सरकारले गरेको निर्णयअनुसार अहिले हामीले भर्ना प्रकृयालाई अगाडी बढाएका छौँ,’ उनले भने, ‘सहज परिस्थिति भएमा भौतिक दुरी कायम गरी पहिला ठूला तह कक्षाको पढाई थाल्ने हाम्रो योजना छ। तर, अब सरकारले के निर्णय गर्छ, सोहीअनुसार हामी अघि बढ्छौँ।’ कोरोना संक्रमित बढ्दै गएमा विद्यालयमा पठनपाठन सञ्चालन गर्न तत्काल सम्भव नहुने उनी बताउँछन्‌। शिक्षा मन्त्रालय भन्छ : ‘छलफलकै क्रममा छौं’ विद्यालय पुन:सञ्चालन गर्नेबारे छलफलकै क्रममा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहप्रवक्ता एवं सूचना अधिकारी दिव्या दवाडीले जानकारी दिएकी छिन्‌।​उनले भनिन्‌, ​‘भर्ना भदौ १ गतेबाट हुन्छ, अरु विषय छलफलकै क्रममा छ।’ छलफलको विषय के-के हुन्‌ भन्नेबारे उनले जानकारी दिइनन्‌।

    सहज भएपछि मात्रै विद्यालय सञ्चालनमा आउने उनको भनाई छ। घर बाहिर ननिस्कने आग्रह किन? सरकारले ६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित प्रेस ब्रिफिङमा भने, ‘६० वर्ष पुगेका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबच्चाहरु घरबाट बाहिर ननिस्कन अनुरोध छ।’ यो आग्रहले कतिपय सर्वसाधारण अलमल परेका छन्।

    प्रवक्ता गौतमले वृद्ध मानिस र बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा हुने गरेकाले यस्तो आग्रह गरिएको बताउँछन्‌। उनले भने, ‘मुलुकभर संक्रमणको दर फैलँदो क्रममा रहेको छ। विश्वभर भएका विभिन्न अध्ययनले वृद्धलाई जोखिम धेरै हुने देखाएको छ, त्यसैले घरभित्रै बस्न भनिएको हो।’ बालबालिकाको हकमा उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नसक्ने भएकाले घरबाट ननिस्कन आग्रह गरिएको उनको भनाई छ। कतिपय बालबालिकाले मास्क लगाउन अटेर गर्ने भएकाले पनि घरभित्रै बस्न भनिएको गौतमले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑