• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘मुख जल्यो, सपना जलेको छैन’-मुस्कान खातुन

  • वीरगंज संजाल
  • २० श्रावण २०७७, मंगलवार ०७:४६
  • ४८४१

    वीरगंज | मुस्कान खातुनको दायाँ गाला जलेको छ। तर, उनको आत्मविश्वास भने अझै चम्किलो छ। सोमबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा आफ्ना कुरा राख्दै गर्दा १४ वर्षीया मुस्कानका गला अवरुद्ध भए। मुस्कानले एकैछिन रोकिएर भनिन्, ‘त्यो अपराधीले मेरो मुख जलाएको छ। तर सपना जलाउन सकेको छैन।’

    गत भदौ २० गते मुस्कानमाथि वीरगन्जमा तेजाब प्रहार भएको थियो। तेजाबले अनुहार जलाए पनि जीवनमा केही गर्ने अठोट कायमै रहेको उनले बताइन्। ‘मेरो परिवार आर्थिक रूपले कमजोर छ। बाबाको काम चलिरहेको छैन। दिनमा चार पटक लगाउनुपर्ने औषधि एकपटक मात्र लगाउने गरेकी छु’, दुःख पोख्दै उनले भनिन्, ‘एसिडको पीडा मलाई भन्दा मेरो बुवा आमालाई बढी भइरहेको छ।’

    अर्की तेजाब पीडित जेनी खड्काले केही गर्ने प्रयास गर्दागर्दै पनि समाजले स्वीकार नगरेको गुनासो गरिन्। जेनीलाई २०७६ जेठमा उनकै    श्रीमान्ले एसिड प्रहार गर्नेका थिए। ‘अरूलाई बाहिरमा मानिसले एसिड हानेका हुन्, मलाई त मेरै पतिले एसिड हाने, बाटोमा छटपटिरहँदा पनि अस्पताल पुर्‍याउने कोही थिएन’, उनले समितिमा भनिन्, ‘अस्पताल पुग्दा उपचार गर्ने पैसा थिएन, डिस्चार्ज हुँदा अस्पताललाई बुझाउने पैसा नभएर, उपचारपछि पनि १५ दिन अस्पतालमै बस्नुपर्‍यो।’

    आफूले जागिरको लागि प्रयास गर्दा पनि कसैले दिन नमानेको जेनीले गुनासो गरिन्। ‘भेट हुँदा त सबैले केही परे भन्नु भन्छन्। तर साँच्चिकै जब चाहियो भनेर जाँदा काम दिँदैनन्, सबैलाई सुन्दरता नै चाहिँदो रहेछ’, उनले भनिन्। पढ्न चाहनेलाई शिक्षा र काम गर्न चाहनेलाई सरकारले रोजगारी दिनुपर्ने उनले बताइन्।

    त्यस्तै संगीता थापामगरले कानुन बलियो नबनाएसम्म तेजाब आक्रमणका घटना भइरहने बताइन्। संगीतामाथि ६ वर्षअघि बसन्तपुरमा तेजाब आक्रमण भएको थियो। ‘कानुन कमजोर भएका कारण एकपटक हानेपछि छुटिहाल्छु भन्ने देखिएको छ, त्यसैले कानुनलाई बलियो बनाउनुपर्छ’, उनले भनिन्, ‘जीवन त हाम्रो बर्बाद हुने। अपराध गरेर अपराधीहरू केही समयमै छुट्छन्।’

    सजाय कडा बनाऊ

    तेजाब आक्रमणकारीलाई दिने सजाय कडा बनाउन दुईवटा संसदीय समितिले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतका महिला तथा सामाजिक समिति र कानुन न्याय तथा मानवअधिकार समितिले सोमबार कानुन कडा बनाउन सरकारलाई निर्देशन दिएका हुन्।

    सोमबार दुवै समितिले तेजाब आक्रमण रोकथामका विषयमा छलफल चलाएका थिए। अहिले तेजाब आक्रमणकारीलाई अधिकतम आठ वर्षसम्म मात्र सजाय तोक्ने कानुनी व्यवस्था छ। तेजाब आक्रमणका घटनाहरू योजनाबद्ध, प्रतिशोधपूर्ण एवं सुनियोजित हुने गरेका महिला समितिको निचोड छ। एसिड आक्रमणसम्बन्धी कानुनी व्यवस्था र दण्ड सजायलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक देखिएकाले सम्बन्धित विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन समितिले नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

    साथै आवश्यक समन्वयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई पनि निर्देश गरिएको समितिको निर्देशनमा उल्लेख छ।त्यस्तै महिला समितिले तेजाब पीडितलाई सीपमूलक तालिम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा यस्ता व्यक्तिहरूको जीविकोपार्जनलाई सहज बनाउन र सामाजिक पुनस्र्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न÷गराउनसमेत नेपाल सरकारलाई निर्देशन दिएको हो।

    पीडामा अधिकांश महिला

    नेपाल प्रहरीको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा तेजाब आक्रमणका २० घटना देखिएका छन्। १७ वटा घटनाको पूर्ण विवरण प्रहरीसँग रहेको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए।कानुन न्याय तथा मानवअधिकार समितिको छलफलमा बोल्दै महानिरीक्षक क्षेत्रीले १७ मध्ये आठवटा घटना बदला लिने उद्देश्यले घटेको बताए। उनका अनुसार पाँचवटा तेजाब आक्रमणका घटना माया पिरतीका कारण र दुईवटा घटना मुख बिगार्ने उद्देश्यले भएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑