वीरगंज | विश्वमा पहिलेकाे तुलनामा मानिसहरु कम सुत्छन् । पछिल्लो ७० वर्षमा मानिसको निन्द्रा औसत २० प्रतिशतसम्म घटेको छ । एक अध्ययनका अनुसार १९४० को दशकमा धेरै मानिस रातमा करिब आठ घण्टा सुत्थे।तर आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको छ। अमेरिकाको वर्कले स्थिति क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक म्याट वाकरका अनुसार अब हामी रातमा औसत ६.७ या ६.८ घण्टा सुत्ने गरेका छौं। अर्थात पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ ।
हामी सवैको जीवनमा निन्द्राको महत्व हुन्छ। आज हामी सबै निन्द्राको कमीमा रहेका छौं। विश्वमा आज धेरैजसो मानिस कम निन्द्राका कारण समस्यामा छन्। यसको नतिजा बहुत खतरनाक हुनसक्छ।आजभाेलि हाम्रो जिन्दगी ग्याजेटको जालमा फसेको छ । कम्प्यूटर हाम्रो जिन्दगीमा एक ठूलो बदलाव ल्याएको छ। इन्टरनेटले पनि विश्वमा निकै प्रभाव पारेको छ। यसले हाम्रो जिन्दगीमा धेरै नयाँ चिज आएको छ। जसका कारण अर्थव्यवस्था पनि बदलिएको छ। अब विश्वमा २४ घण्टा काम हुने गरेको छ ।
करिब १० हजार अध्ययनका अनुसार जो मानिस ६ घण्टा या त्यसभन्दा कम सुत्छन् उनी आफ्नो स्वास्थ्यका साथ खेलबाड गर्नेछन्। प्रोफेसर म्याट वाकरका अनुसारअल्जाइमर, क्यान्सर, मोटोपन, सुगरको विरामी तथा तानाको सिकार हुन सकिन्छ। जसका कारण मानिसको मनमा आत्महत्या जस्तो यानक कदम बारे विार हुन सक्छ । तसर्थ स्वस्थ्य रहनका लागि सुताइलाई विशेष ख्याल गर्नुहोस्।