धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ६२ जनाको कोरोना परीक्षण भएकोमा १४ पुरुष र ६ महिलागरी २० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार कैलालीको गोदावरी नगरपालिका –११ का ६ पुरुष र ३ महिला गरी ९ जना, अछामको साफेबगर नगरपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ पुरुष, कञ्चनपुरकै कृष्णपुर नगरपालिका –२ का एक महिला र एक पुरुष गरी २ जना,
त्यसैगरी कञ्चनपुरकै बेदकोट नगरपालिकाका २ पुरुषमा कोरोना पुष्टि भएको बताए।सोमबार २० जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ७६० पुगेको छ ।