• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमको कस्तो छ हालको अवस्था

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार १३:१७
  • २९७७

    वीरगन्ज | नारायणी अस्पतालका मेसु डा. उपाध्याय संक्रमणको स्वरुप हाल परिवर्तन भइसकेको बताउँछन् । सुरुमा जिल्लामा बढी देखिएको र बीचमा स्थीर भएर हाल संक्रमण व्यापक रूपमा देखिएको उनको बुझाइ छ । पछिल्लो समय लक्षण सहितका कडा संक्रमण देखिएको, रोगसँग लड्ने क्षमता कमजोर भएका दीर्घ रोगी, वृद्ध उमेरका मात्रै नभएर युवाको पनि मृत्यु भइरहेकाले हाल कडा खालको भाइरस आएको संकेत देखिएको उनले बताए ।

    सेनाका कर्नेल मदनजंग राणा लकडाउनको समयमा आफूहरूले जिल्लाको अवस्थालाई ‘सफलतापूर्वक म्यानेज’ गरेकोमा लकडाउन हटेपछि सबै भताभङ्ग हुन पुगेको बताउँछन् । ‘लकडाउनको अवधिसम्म पनि हामीले  सफलतापूर्व म्यानेज गरेकै हो,’ उनले भने, ‘त्यति बेलासम्म जिल्लाभरिका क्वारेन्टिनमा जम्मा ३३ संक्रमित थिए, लकडाउन हटेपछि मानिस लोभीपापी भए, कतिपयलाई आफ्ना मान्छे त कतिपय उद्योगीलाई आफ्ना मजदुरलाई भारतबाट ल्याउनै पर्ने भयो, उद्योग चलाउन उद्योगीको स्वार्थ र लोभपापले भारतबाट मानिस नेपाल भित्रिए, त्यसले बिगार्यो ।’भारतबाट भित्रिनेहरूको कुनै नियमन र तथ्यांक पनि राखिएन । जब त्यसको असर देखियो त्यतिन्जेलसम्म समुदाय स्तरमै कोरोना संक्रमण फैलिइसकेको थियो । जिल्लामा समुदायस्तरमा संक्रमण फैलन एक साताको समय मात्र लागेको उनको बुझाइ छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत पनि लकडाउन हटेसँगै यहाँका उद्योग कलकारखानाहरूमा भारतीय मजदुरलाई भित्र्याउनु ठूलो कमजोरी भएको स्वीकार्छन् । ‘लकडाउन हटेसँगै उद्योग कलकारखाना निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण बन्यो, त्यसपछि भारतीय मजदुर भित्र्याउन थालियो,’ उनले भने, ‘यससँगै पीसीआर परीक्षणको दायरा पनि बढ्यो, हालका दिनहरूमा दैनिक कम्तीमा ४ सय पीसीआर परीक्षण भइरहेको छ, त्यससँगै संक्रमितको नतिजा पनि बढन थालेको हो ।’ भारतीय नागरिकबाटै जिल्लामा संक्रमण फैलिन मुख्य भूमिका खेलिएको उनको पनि ठम्याइ छ ।

    प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिनुमा सरोकारवाला सम्पूर्णको कमजोरी र भारतसँगको सामिप्यता पनि प्रमुख कारण रहेको बताउँछन् । ‘भारतीयको प्रवेश र हामी सबैको कमजोरी पनि मुख्य कारण हो,’ उनले भने, ‘भारतीय नागरिकलाई आफ्नो देशमा प्रवेश गराउने आतुरताले पनि ठूलो भूमिका खेल्यो, यसले हामीलाई नै नोक्सान हुन्छ भनेर कसैले बुझिदिएन ।’

    अध्ययन गर्न टोली वीरगन्जमा सक्रिय 

    वीरगन्जको हालको अवस्थाबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विभागको टोली शुक्रबार वीरगन्ज आएर आफ्नो काम सुरु गरी सकेको उनले बताए । ‘टोलीले यसबारे अध्ययन सुरु गरिसकेको छ,’ उनले भने, ‘सम्भवतः सोमबारसम्म आफ्नो अध्ययन नतिजा तयार पारिसक्नेछ ।’ त्यसपछि नयाँ रणनीति बनाएर काम गर्न सहज हुने उनको बुझाइ छ ।

    निषेधाज्ञा जिल्लाभरि

    जिल्ला सुरक्षा समितिको शनिबार सम्पन्न बैठकले सोमबारदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यसअघि साउन १० देखि वीरगन्ज महानगर क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञाको बावजुद जिल्लामा कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएकाले निषेधाज्ञाको दायरा जिल्ला भरी बढाइएको हो ।

    बारामा पनि निषेधाज्ञा

    उता छिमेकी जिल्ला बारामा पनि आइतबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वीरगन्ज तथा पर्सा जिल्लासँग अत्यन्त नजिक रहेको यो जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक थपिँदै गएसँगै जिल्ला सुरक्षा समिति बाराको शुक्रबार सम्पन्न बैठकले आइतबार बिहान ५ बजेदेखि जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑