• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको स्थिति भयावह बनिसक्यो

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार १२:३०
  • ८८३३

    वीरगन्ज | सेनाका कर्नेल राणा वीरगन्जको हालको अवस्था भयावह भइसकेको बताउँछन् । वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिइसकेको र यो तेस्रो चरणको संक्रमण भएकाले अब जोखिम अत्यन्तै बढेको उनले बताए । ‘सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुको अब विकल्प छैन,’ उनले भने, ‘कि त कोरोनासँगै बाँच्न सक्नु पर्‍यो, नत्र यसलाई निर्मूल पार्न थप केही साता कडा कर्फ्युसँगै पीसीआर परीक्षणको दायरा तीब्र रूपमा विस्तार गरेर सँगसँगै आइसोलेसनको व्यवस्था पनि गर्न जरुरी भइसकेको छ ।’

    हाल जिल्लामा रहेको एक मात्र कोभिड अस्पताल गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहको चिन्ता र अप्ठ्यारा पनि उत्तिक्कै छन् । ५० शय्या क्षमताको गण्डक कोभिड अस्पताल संक्रमितले भरीभराउ भएर त्यहाँ शय्या अभाव भएको छ । बाहिर क्वारेन्टिनहरू तथा घरमा समेत बसेकाहरूको संख्या झण्डै २ सय पुगेको छ । २ साता यता कोभिड अस्पतालमा भर्ना भएका संक्रमितमध्ये करिब ७० प्रतिशत लक्षण सहितका संक्रमित भएकाले उनीहरूको उपचार गरेर निसंक्रमण पार्न पनि समय लागिरहेको उनी बताउँछन् ।

    ‘अधिकांश संक्रमितमा जिउ दुख्ने, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, पखाला लाग्ने जस्ता समस्या छन्, उनीहरूलाई निको पार्न समय लाग्छ,’ उनले भने, ‘गण्डक मात्र नभई अन्य अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित भइरहेको अवस्थामा कोभिड अस्पतालमै खट्ने चिकित्सकको अभाव भइरहेको छ, हामीले निजी क्षेत्रका चिकित्सकलाई पनि कोभिड अस्पतालमा सेवा दिन आह्वान गरेका छौं, तर कोही आउन तयार छैनन् ।’

    यस्तै अवस्था रहे एकातिर कोरोना संक्रमितको संख्या बढ्दै जाने र अर्कोतिर तिनको उपचारमा खटिने चिकित्सकै नपाउने अवस्था आउन सक्ने बलियो सम्भावना रहेको डा. सिंह बताउँछन् । कोरोना संक्रमण फैलिने दर अझै घट्ने सम्भावना नरहेको देखिरहेका डा सिंह वीरगन्जको यो अवस्थालाई ‘भगवान् भरोसा’ भन्छन् । ‘साँच्चिकै अहिलेको वीरगन्जको अवस्था भगवान् भरोसा नै छ,’ उनले भने, ‘यो अवस्थाबाट बाहिर निस्कन चानचुने प्रयासले सम्भव छैन ।’

    जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया पनि हाल वीरगन्जको अवस्था गम्भीर भइसकेको स्वीकार्छन् । गण्डक कोभिड अस्पतालको विकल्प नहुनु र ठूलो संख्यामा बिरामीहरू घर र क्वारेन्टिनमा थन्किएको अवस्थाको अविलम्ब अन्त्य हुन जरुरी रहेको उनी बताउँछन् । ‘थप शय्या सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याउन जरुरी भइसकेको छ,’ उनले भने, ‘त्यतिन्जेल पूर्वाधार सहितको घरमै आइसोलेसन वा सेनाले बनाएको सिद्धार्थ स्कुलको सेमी आइसोलेसन प्रयोग गर्नु नै उचित हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑