• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो छ वीरगन्जमा कोरोनाको कारण मृत्युको इतिहास

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार १०:५९
  • ५६१७

    वीरगन्ज | वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगन्ज १६ नगवाकी ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भयो । उनलाई श्वासप्रश्वासको समस्या थियो । अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु भयो ।शनिबार बिहान वीरगन्ज १६ नगवाकै अर्की ५० वर्षीया महिलाको सोही अस्पतालमै उपचारका क्रममा मृत्यु भयो । साउन १४ गते अस्पताल भर्ना भएकी उनमा निमोनिया र हाइपर टेन्सनको समस्या थियो । शुक्रबार स्वाब संकलन गरिएकी ती महिलाको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो । पछि उनको रिपोर्ट पोजेटिभ आयो ।

    यसअघि साउन १४ गते एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । तीमध्ये दुईको उपचारका क्रममा र एकको घरमै मृत्यु भएको थियो । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको  राति करिब ११ बजे मृत्यु भयो । मुटुको वाइपास सर्जरी गरेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते दिउँसो अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएका उनको आइसोलेसनको आईसीयु कक्षमा उपचार भइरहेको थियो ।

    १४ गते नै वीरगन्ज १६ नगवाका ३५ वर्षीय युवकको पनि गण्डक कोभिड अस्पतालमै मृत्यु भयो । उनमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या थियो । मृत्युपछि उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो । त्यसै दिन मृत्यु भएका तेस्रो व्यक्ति वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुष हुन् । उनी सुगरका बिरामी थिए । पीसीआर परीक्षणपछि उनको नतिजा पनि पोजेटिभ नै आएको थियो । त्यसको २ दिन अघि अर्थात् साउन १४ गते पनि वीरगन्जमा २ जनाको मृत्यु भएको थियो । मृगौला बिरामी वीरगन्ज ६ माई स्थानका ७० वर्षीय वृद्धको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि उनको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आयो ।

    सोही दिन गण्डक कोभिड अस्पतालमा उपचारकै क्रममा अर्का संक्रमित वीरगन्ज ७ रेशम कोठीका ६८ वर्षीय पुरुषको मृत्यु भयो । उनी मुटु रोगी थिए । यसअघि साउन ९ गते पनि एकै दिन २ जनाको मृत्यु भएको थियो । वीरगन्ज ११ श्रीपुरकी ८५ वर्षीया वृद्धा मुटु रोगी थिइन् । श्वासप्रश्वासमा समस्या भएकी उनको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु भएकी अर्की महिला वीरगन्ज १७ परवानीपुर माइतीमा बस्दै आएकी भारतीय महिला थिइन् । लकडाउनकै समयमा माइती आएकी उनी क्वारेन्टिनमा पनि बसेकी थिइन् । उनमा पखाला लाग्ने, जिउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्युपछि उनको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आयो ।

    त्यसअघि साउन ६ गते मंगलबार वीरगन्ज ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । मृत्यु अघि स्वाब संकलन गरिएकोमा मृत्युपछि  पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको थियो । मधुमेह र मुटु रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । असार ३१ गते रौतहटको परोहा नगरपालिका ७ का ३६ वर्षीय युवकको गण्डक कोभिड अस्पतालमै उपचारको क्रममा मृत्यु भयो । आफ्ना  दाजुलाई भेट्न भारतको बैंगलोर गएका ती युवक भारतबाट फर्किएपछि उनका संक्रमण देखिएको थियो । उनका दाजुको भारतमै कोरोना संक्रमणले मृत्यु भएको थियो ।

    यसअघि जेठ ३० गते वीरगन्जको घण्टाघरमा फेला परेका करिब ३५ वर्षीय उमेरको जस्तो देखिने युवकको बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसै दिन बाराको निजगढबाट उपचारका लागि वीरगन्ज हेल्थ केयरमा ल्याइएका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको थियो । निमोनिया पीडित बालकको उपचारकै क्रममा मृत्यु भएको थियो ।

    यसअघि नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बाराका एक वृद्धको दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २ गते अस्पतालमा उपचारार्थ भर्ना भएका ७० वर्षीय वृद्धको जेठ ४ गते उपचारकै क्रममा मृत्यु भएको थियो । भेन्टिलेटरमा राखिएका उनको उपचारका क्रममा मृत्यु भयो । मृत्युअघि स्वाब संकलन गरिएकोमा जेठ ४ गते उनको मृत्यु भएको थियो । जेठ ११ गते पोजेटिभ नतिजा आउँदा उनको दाहसंस्कार भइसकेको थियो ।

    यसरी पर्सा जिल्ला तथा वीरगन्जमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगिसकेको छ । यो मुलुककै सम्पूर्ण जिल्लाहरूमध्ये सर्वाधिक बढी संख्या हो । संक्रमितको बढ्दो मृत्यु दरले पनि जिल्लाबासीलाई त्रसित बनाइरहेको छ । वीरगन्जमा मृत्यु हुनेमध्ये ९ जनामा मुटु रोग, मधुमेह, मृगौला रोग जस्ता समस्या थिए । एक युवक र महिलामा कुनै दीर्घ रोग थिएन । उमेर समूह हेर्दा दीर्घ रोगी र प्रौढ तथा वृद्धवृद्धाको बढी मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अधिकांशको शरीरमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा समस्या देखिने गरेको पाइएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहको अनुभव छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑