• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १५ जनाको मृत्युपछि बल्ल कोभिड अस्पतालको व्यवस्थापन

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार ०७:२३
  • ३३८५

    वीरगन्ज | कोरोना भइरसको उच्च जोखिममा रहेको वीरगन्जमा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएपछि बल्ल कोरोना अस्पतालको व्यावस्थापन गरिएको छ । कोरोना संक्रमण फैलिएको शुरुका दिनमा नारायणी अस्पतालमा छुट्टै पाँच वेडको आइसोलेसन बनाएर तयारी गरेपछि चैत ३० गते वीरगन्जमा पहिलो पटक तीनजनामा कोरोना संक्रमण देखा परेपछि पाँच वेडको आईसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो

    कोरोना संक्रमित विस्तारै बढ्दै गएपछि नारायणी अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरेर त्यसैलाई नै कोरोना अस्पताल बनाएर ४४ जना संक्रमितलाई निको बनाएर घर पठायो । तर, त्यस बेलासम्ममा पनि वीरगन्जमा कोरोना अस्पताल स्थापना गर्न सकेन । महामारी संक्रमण नयाँ भएको र नेपालको शासकीय संरचनासमेत नयाँ भएकाले यस्तो महामारीको व्यावस्थापन कसले गर्ने भन्ने विषयमा देखिएको अन्योलता र यसभित्रै राजनीतिक दलहरूको चलखेलका कारणले वीरगन्जले अहिलेसम्म ठूलो क्षति व्यहोर्नु परेको छ ।

    नेपाल सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला संकट व्यावस्थापन केन्द्रले कोभिड–१९ संकट व्यावस्थापन केन्द्र (सीसीएमसी) को निर्देशन बाहेकका अन्य स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर गर्ने काम खासै प्रभावकारी नहुँदा वीरगन्ज कोरोना संक्रमणको उच्च जोखिममा परेको हो । लकडाउन कुखुलो भएको र सीमानाका बन्द भएपनि भित्री नाकाबाट लुकिछिपी रक्सोल वीरगन्ज आवात जावत गर्नेहरूका कारणले संक्रमण फैलिएको हो ।

    पछिल्लो समयमा पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलगायत समुदाय स्तरमा नै संक्रमण फैलिएर चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सेना, प्रहरी समेत संक्रमित भएपछि भने जिल्ला संकट व्यावस्थापन केन्द्रले बल्ल अस्पतालको व्यावस्थापनमा पहल गरेको हो । वीरगन्जमा आइतबार बिहानसम्म ५०७ जना कोरोना संक्रमित मध्य १५ जनाको मृत्यु भईसक्दा बल्ल २५० बेडको कोरोना अस्पतालको व्यावस्था भएको छ ।

    त्यसमध्य ५० बेडको अस्पताल यसअघि नै वीरगन्ज महानगरपालिकाले व्यवस्था गरेको हो । कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारका लागि वीरगंजमा करिव २ सय ५० बेडको आइसोलेसन वार्ड तयार भएको छ । बीरगंज महानगपालिकासँग भएको सम्झौताअनुसार गण्डक अस्पतालमा अहिले संक्रमितहरूलाई राखेर उपचार भईरहेको छ । यसको सम्झौताको लिखित म्याद सकिएपनि अस्पतालले मौखिक रुपमा थप ३ महिना कोरोना अस्पताल संचालन गर्न दिन सहमत भएको छ । त्यहाँ ७५ जना बिरामी भर्ना गरेर सेवा दिन सक्छ ।

    समुदायस्तरमा संक्रमण फैलिएर संक्रमितको संख्या वृद्धि हुँदै मृत्युसमेत हुन थालेपछि जिल्ला संकट व्यावस्थापन केन्द्रको पहलमा करिब १ सय ५० बिरामीलाई भर्ना गरेर उपचार सेवा दिन सक्ने बीरगंज हेल्थ केयर अस्पताललाई नारायणी अस्पताल मातहत कोभिड अस्पताललाई जिम्मा लगाइएको छ । संघीय सरकारको मातहतमा रहेको नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन पत्राचार गरेपछि अब वीरगन्जमा २५० वेडको आइसोलेसनको व्यवस्था भएको छ ।

    यसअघि संकट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरे अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल सञ्चालन गर्न दिन मन्त्रलायले अनुमति दिएको छ । केन्द्रले गएको बिहिवार अस्पताल संचालन अनुमतीको माँग राखेर केन्द्रीय सीसीएमसी, गृहमंत्रालय, संघीय स्वास्थ्यमंत्रालय लगायतका सरोकारवाला निकाययलाई पत्राचार गरेको थियो ।

    यसअघि स्थानीय सरकार वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिनबाट मास टेष्टिङको लागि समन्वय गर्दा जिल्ला संकट व्यावस्थापन केन्द्रले कोभिड संकट व्यावस्थापन केन्द्रको अनुमति आवश्यक भएको भन्दै माथिल्लो निकायमा पठाएपछि पीसीआर परीक्षणमा ढिलो भएको थियो । संक्रमितहरूलाई राख्ने आईसोलेशन पहिले नै व्यावस्थापन नगरिएकोले परीक्षणपछि संक्रमितहरूको संख्या बढ्ने र यसले अझ चुनौती थपिने भएपछि संकट व्यावस्थापन केन्द्रले त्यसबाट आपूm बच्नका लागि सीसीएमसीको अनुमति लिन भनेको हो ।

    अहिले केन्द्रीय तहले जिल्ला संकट व्यावस्थापन केन्द्र (डीसीएमसी) पर्साले पठाएको पत्रलाई एकैदिनमा आ–आफ्नो औपचारिक निकायबाट अनुमोदन गरेर अस्पताल संचालनको अनुमति दिएको हो । शुक्रबार एकै दिनमा यो सम्पूर्ण प्रक्रिया पुरा भएको थियो । यो सँगै नारायणी अस्पतालको ३ शैय्या भेण्टिलेटर ७ शैयाको आईसीयु, गण्डकमा १० शैयाको आईसीयु ३ शैयाको भेण्टिलेटर र वीरगन्ज हेल्थ केयरमा ३० शैयाको आईसीयु र ८ शैयाको भेण्टिलेटर गरी अब ४७ शैयाको आसीयु, १४ शैयाको भेण्टिलेटर गरी २५० शैयाको कोरोना अस्पतालको व्यावस्था भएको छ । कोरोनाको अस्पताल व्यावस्थापन भएपनि चिकित्सक र स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि भने अब संक्रमितको उपचारमा स्वास्थ्यकर्मीहरूको भने अभाव हुन थालेको नारायणी अस्थायी कोभिड अस्पताल गण्डका कोअर्डिनेटर डाक्टर उदय नारायण सिंहले बताए ।नीरज पिठाकोटे -karobardaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑