वीरगंज। सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगन्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगन्ज गएको जानकारी दिए ।
उनका अनुसार आवश्यक परेको समयमा अन्य जिल्ला र स्थानमा पनि उच्च स्तरीय टोली पठाइने छ । साउन महिनामा वीरगन्जमा मात्र ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।