• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘सरकारलाई गाली गर्नेले मास्क त लगाउन सक्छ नि’

  • वीरगंज संजाल
  • Aug 2, 2020, 9:20 am
  • ४८३३

    पछिल्ला दिनमा काठमाण्डौमा कोरोनाको सङ्क्रमण बढेको छ । परीक्षण बढाउने हो भने काठमाण्डौको समुदायमा धेरै कोरोना छ भन्ने चर्चा छ । के काठमाण्डौमा साँच्चिकै जोखिम बढेको हो ? यसबारे भोजेन्द्र बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कुराकानी गर्नुभएको छ ।

    काठमाण्डौमा कोरोनाको जोखिम धेरै बढेको हो ?

    काठमाण्डौमा कोरोना सङ्क्रमितहरु थपिने क्रम बढेको सत्य हो । तर मानिसलाई काठमाण्डौ बाहिर हुँदासम्म चिन्ता कम भयो, अनि काठमाण्डौमा आएपछि अब घरछेउमै आयो भनेर चिन्ता बढेको हो ।

    समग्र देशको स्थिति हेर्दा सङ्क्रमणको दर घटेको छ । अघिल्लो महिना सङ्क्रमण दर आठदेखि १० प्रतिशत थियो भने अहिले तीन दशमलव छ प्रतिशतमा छ । तर काठमाण्डौमा देखिएको भएर मानिस डराएका हुन् ।

    काठमाण्डौमा सुरक्षाकर्मीमा सङ्क्रमण देखियो, यसको अर्थ समुदायमा सङ्क्रमण छ भन्ने हो ?

    सुरक्षाकर्मीले ल्याएर सुरक्षाकर्मीलाई सारेका हुन् । यसको कन्ट्रयाक भेटिएको छ । सुरक्षाकर्मीले सुरक्षामा मापदण्ड पालना नगरेकाले यस्तो भएको हो । धेरैले गरेको भए पनि जसलाई सरेको छ, उनीहरुले जनस्वास्थ्यका मापदण्ड नअपनाएका हुन् ।

    त्यसो भए काठमाण्डौमा आत्तिहाल्नुपर्ने अवस्था हैन ? 

    नियन्त्रण हामी गर्न सक्छौँ, तर जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्छ । सरकारले काठमाण्डौका ५० लाख मानिसलाई मास्क लगाइ दिन सक्दैन । हामीले साङ्केतिक रुपमा मास्क पनि लगाइदियौँ पनि ।

    बाटोमा मास्क नलगाई हिँड्ने १६ हजारलाई मास्क लगाइदिएको छ । लाज हुनु पर्दैन ? सरकारले पाँच/छ हजार पर्ने परीक्षण गरेन भनेर कराउनेले दुई सय रुपैयाँको मास्क लगाउन सक्दैन ? कपडाको दुई वटा मास्क सिलाएमा पनि एक वर्षलाई पुग्छ ।

    अहिले पनि धेरैको गुनासो समुदायमा फैलिएको हुन सक्छ, सरकारले परीक्षण गरेन वा ढाँट्यो भन्ने छ नि ? 

    ढाँट्यो भन्नेलाई त मेरो भन्नु केही छैन । त्यस्तालाई त मैले जवाफ दिन पर्दैन । यो स्वास्थ्य मन्त्रालयको प्रवक्ता नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी हो । धेरै इमान्दार छ । बरु मर्न तयार छ, ढाँट्न तयार छैन । नेपाल सरकारले ढाँट्यो भने पनि जागेश्वर गौतमले ढाँट्दैन ।

    अनि सरकार त्यत्ति असंवेदनशील होला ? यो चाहिँ आफूलाई मन परेको कुरा सन्तुष्टि लिने तरिका हो । यो कोरोनामा राजनीति नगर भन्छु सबैलाई, भोलि यसले लैजाला ज्यान फेरि ।

    बाक्लो बस्ती भएको काठमाण्डौमा जनजीवन सामान्य जस्तै भयो, सङ्क्रमित भेटिएका छन्, जोखिम घटाउन अब के गर्नुपर्ला ? 

    सङ्क्रमणबाट बच्ने जम्मा चारवटा उपाय छन् । पहिलो कुरा घरबाट बाहिर ननिस्कने, अति आवश्यक नभइ लखरलखर किन हिँड्नुपर्यो ? पसल नै चलाउनु छ भने पनि एक जना जाँदा हुन्छ । दोश्रो कुरा दूरी कायम गर्ने। यदि दूरी कायम गर्न सक्नुहुन्न भने त्यस्तो ठाउँमा नजानुस् । तेश्रो कुरा मास्क लगाउनुस् ।

    सर्जिकल मास्क लगाउनुस्, त्यो संभव नभएमा तीन पत्र भएका तीन वटा मास्क सिलाउनुस् । धुँदै पालैपालो लगाउनुस् । अनि चौथो कुरा हात धुनुस्, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउनुस् ।

    यति गरेमा कोरोना लाग्दै लाग्दैन । किन डराएको ? किन त्रास ? मान्छेहरुले जुलुस गरेको देख्छु । मान्छे किन यति मूर्ख भएको ? यो जुलुस गर्ने, नारा लगाउने बेला हैन । आफू हुलमुलमा जाने, अनि मेरो मान्छे मर्यो भनेर रुने सरकारलाई गाली गर्ने कुरा त भएन नि ।

    अब काठमाण्डौमा फेरि लकडाउन गर्नुपर्ने अवस्था नजिक आएको छ कि छैन ? 

    जोखिम बढेको सबैलाई थाहा छ । जोखिम बढेमा ठाउँ विशेष लकडाउन गर्न सकिने पनि व्यवस्था छ । अहिलेलाई रातको समयमा काठमाण्डौका नाकाबाट आवातजावात रोकिएको छ।

    यदि सङ्क्रमण बढेमा लकडाउनसम्म पुग्न सकिन्छ । तर हरेक व्यक्ति सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गरेमा अहिले त्यो अवस्था आउन बाट रोक्न सकिन्छ भन्ने हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑