• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बझाङमा क्वारेन्टाइनबाट घर पठाएका ६६ जनामा कोरोना संक्रमण

  • वीरगंज संजाल
  • १८ श्रावण २०७७, आईतवार ०३:३३
  • २८६१

    बझाङ | शनिबार बझाङमा नौ महिने शिशुसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका ६४ जनामध्ये ८ जना बालबालिका छन् । सेती प्रादेशिक प्रयोगशाला धनगडी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार मात्र ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला धनगढीका अनुसार थलारा गाउँपालिकामा ९ महिने शिशुसहित ४ महिला र ५ पुरुष गरी १० जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै मष्टा गाउँपालिकाका ६ वर्षकी बालिका र ४ वर्षका बालक गरी दुई जना, छविसथाथी भेरा गाउँपालिकाका दुई पुरुष र एक महिला गरी ३ जना, दुर्गाथली गाउँपालिकाका २ महिला र एक पुरुषसहित ३ जना र जयपृथ्वी नगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले जनाएको छ । योसँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय ६५ पुगेको छ ।
    केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएपछि गाउँ कार्यपालिकाको बैठकले वडा नं ६ र ७ लाई शिल गर्ने निर्ण गरेको छ । संक्रमितहरू वडा नम्बर ६ र ७ का थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा गाँउका स्थानीय हुन । उनीहरू सबै असारको अन्तिम सातातिर भारतबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ । उनीहरू ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा बस्न घर पठाइएको थियो । होम क्वारेन्टाइनमा बस्न भनेको भए पनि उनीहरू गाउँघरमा घुमिरहेका थिए । कोरोना संक्रमण भएको खबर पाएपछि स्थानीय त्रसित बनेका छन् ।

    गाउँपालिकाले वडा नम्बर ६ मा संक्रमण पुष्टि भएकाहरूलाई चन्द्रोदय माध्यमिक विद्यालय भाडसैनमा र वडा नम्बर ७ का संक्रिमितहरूलाई कैलाश भवानी माध्यमिक विद्यालय कोटेलीको आइसोलेसनमा राख्ने निर्णय गरिएको वडा नं १ का अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता लोकेश भण्डारीले बताए । उनले भने संक्रमितहरू भेटिएको वडालाई शिल गर्न सुरक्षाकर्मीहरू परिचालन गरिसकेका छौं ।

    गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका पसलहरू बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइनेछ । संक्रमितहरू समुदायमा घुलमिल भइसकेको हुनाले संक्रमितहरूको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । परीक्षण गर्नका लागि २ सय थान भीटीएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटका लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑