वीरगन्ज | प्रदेश २ का तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना फैलिएपछि कहाँ कमजोरी भयो भन्ने पहिल्याउन प्रदेश सरकारले गत बोलाएको बैठकमा आरोप–प्रत्यारोप चल्यो । मुख्यमन्त्री लालबाबु राउतले सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्मचार्यलाई ‘पैसा लिएर नाकामा मानिस छिराएको’ आरोप लगाए । उनले भन्दै सीमामा कडाइ गर्न निर्देशन दिए ।लगत्तै डीआईजी ब्रह्मचार्यले पर्सा र सप्तरीका बीओपी प्रमुखलाई बोलाएर थप कडाइ गर्न निर्देशन दिए ।
संघीय सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै प्रदेश २ का नाकालाई पनि खुकुलो पारियो । कोरोना फैलिनुमा प्रदेश सरकारले यसैलाई प्रमुख कारण मानेको छ । कोरोना अस्पतालमा बेड अभाव भएपछि संक्रमितलाई होम आइसोलेसनमा राख्न थालिएको छ ।वीरगन्ज–पथलैयाका औद्योगिक करिडोर, ढुवानीको मुख्य केन्द्र वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहमा सयौं भारतीय कामदार र कर्मचारी काम गर्दै आएका छन् ।
सरकारले तोकेको नाकाबाट नआई उनीहरू लुकीछिपी भारतबाट आएर काममा लागे । जसले गर्दा आफू पनि संक्रमित भए अनि अरूमा पनि संक्रमण फैलाए |पछिल्ला १६ दिनमा पर्सामा २ सय ४६ जना संक्रमित थपिएका छन् | ११ जनाको मृत्यु भएको छ ।