वीरगंज | हारका मुख्यमन्त्री नीतीश कुमारले बलिउड नायक सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको अनुसन्धानकाे अधिकार सीबीआईलाई दिन सकिने बताएका छन्।राजपुतले आत्महत्या गरेको भनिए पनि पछिल्ला विवरणहरुमा आशंका उब्जिएपछि बिहार र मुम्बई प्रहरी अनुसन्धान गरिरहेका छन्।सुशान्तका बुवा के के सिंहले पनि एफआईआर दर्ता गराएका छन्।
मुख्यमन्त्री नीतिशले सुशान्तका बुवाले माग गरेमा उक्त घटनाको अनुसन्धान गर्न सीबीआईलाई सिफारिस गर्न सकिने बताएका हुन्।महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भने यो घटनाको अनुसन्धान गर्न मुम्बई प्रहरी सक्षम रहेको बताएका छन्। बिहार प्रहरीले सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखण्डेको बयान लिइसकेको छ। बिहार प्रहरीको एक टीम शनिबार बिहान फिल्म निर्देशक रूमी जाफरीको घर पनि पुगेको थियो।
मुम्बईको बान्द्रा प्रहरी स्टेशनबाट फर्किरहेको बिहार प्रहरीका अधिकृतहरुलाई स्थानीय पत्रकारले सोधेका थिए, ‘रिया चक्रवर्तीसँग पनि सोधपुछ हुन्छ ?’ती प्रहरी अधिकृतले ‘अहिले आवश्यक नरहेको र प्रहरीको निगरानीमा रहेको’ बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सुशान्तकी प्रेमिका भनिएकाे रिया अहिले प्रहरी सम्पर्क बाहिर रहेकाे दाबी गरिएकाे छ। उनी नायिका हुन्।
स्थानीय मिडियामा प्रकाशित खबर अनुसार बिहार प्रहरी यस घटनामा रियाविरुद्ध लुकआउट नोटिस जारी गर्ने तयारीमा छ।गत मंगलबार को सुशान्तका बुवाले रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गराएका थिए।रियाले लामो समयसम्म सुशान्तलाई मानसिक रूपमा प्रताडित गरेको आरोप छ।