• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारको आग्रह – कोरोनालाई हेलचेक्रयाइँ नगरौँ आत्मघाती हुनसक्छ !

  • वीरगंज संजाल
  • १७ श्रावण २०७७, शनिबार २०:०६
  • ३२६५

    वीरगंज  | सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचेक्रयाइ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो ।

    स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ । यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

    पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताए । सरकारले कोभिड–१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनको भनाइ थियो ।

    अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरेपनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन् । “अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ”, कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा उनले भने । ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनको भनाइ थियो ।

    राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ । यसले समेत थप जोखिम बढाएको छ । सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन् । त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे ।

    कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उहाँले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न आग्रह गरे ।प्रवक्ता गौतमले अनावश्यक भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन, अनिवार्यरूपमा मास्क लगाउन, साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन स्मरण गराए । पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधैँ घर पठाउने गरेको पाइएको भन्दै उहाँले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन आग्रह गरे ।

    विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उहाँले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आह्वान गरे । “कतिपयले मास्क नलगाएको, मास्क लगाउँदा पनि ठीक ढङ्गले नलगाएर च्यूँडोमा लगाएको सूचना प्राप्त भएको छ”, उनले भने, “ठीकसँग मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र साबुनपानीले राम्रोसँग मिचिमिची हात धुन म पुनः अनुरोध गर्दछु ।”राजधानी काठमाडौँ प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ । विशेषगरी भक्तपुरको नाका भएर काठमाडौँ प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑