वीरगंज। त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा लिने ना नलिने टुङगो भदौ दोस्रो सातामा गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय , इन्जिनियरिङ अध्ययन संस्थान लगायत निकायले भदौको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने जनाएतापनि त्रिविले अहिलेनै परीक्षाको विषयमा निर्णय गर्नसक्ने अवस्था नभएको जनाएको छ ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले अहिले परीक्षाको मिति तय भएपनि सो मितिमा हुने वा नहुने भन्ने नभैससकेको बताउनुभयो । उहाले भन्नुभयो– ,’भदौ १ गतेबाट लामो दुरीको सवारी साधान सञ्चालन भएपछि कति विद्यार्थी परीक्षाकेन्द्र वा क्याम्पसमा पुग्छन भन्ने विषयले परीक्षाको समय निर्धारण हुनेछ । ‘उहाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको र बाढी पहिरोले गम्भीर असर पारेको कारण केही दिन परीक्षा सर्नसक्ने बताउनुभयो ।
‘पहिला लामो दुरीको सवारी सञ्चालन भएपछि कति विद्यार्थी गन्तब्यमाम पुग्छन् सोही आधारमा परीक्षाको निर्णय गर्नेछौ’–उपकुलपति प्राडा वास्कोटाले भन्नुभयो । ‘अहिले परीक्षाको लागि तयार हुनुस् भदौ पहिलोसातबाट कस्तो अवस्था आउछ सोही अनुसार निर्णय गर्नेछौ’–उहाको भनाई थियो ।करिब एक साता अघि त्रिविले परीक्षाको मिति सार्वजनिक गरेपछि नेविसंघ लगायत विभिन्न विद्यार्थी संगठनले अहिलेको अवस्थामा तत्काल परीक्षा हुन नसक्ने जनाउदै सार्न माग गरेका थिए ।
स्वतस्फुर्त रुपमा लागेका विद्यार्थीले अहिलेको अवस्थामा परीक्षा सार्नुपर्ने धारणा राख्दै विभिन्न निकायमा ज्ञापनपत्र समुतच बुझाएका थिए ।सरकारले भदौ १ गतेदेखि विद्यालय खुला गर्ने जनाएसंगै त्रिविले परीक्षाको तयारी गरेको थियो । तर चौतर्फी दबाब आएपछि त्रिविले विश्लेषण गरेर मात्रै परीक्षा सञ्चालन गर्ने जनाएको छ ।त्रिविको परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।