चार धाम| मुख्य रुपमा द्धारका, रामेश्वरम, पुरी र बद्रीनाथलाई चार धाम मानिन्छ । तर उत्तराखण्डको धामको यात्राको पनि हिन्दु धर्ममा निकै महत्वपुर्ण मानिन्छ । यी चार धामको यात्रा गर्दा मोक्ष प्राप्ती हुने विश्वास गरिन्छ ।जल प्रलयः २०१३ मा केदाननाथमा आएको जल प्रलयले पुरै राज्य तहसनहस भएको थियो । इश्र्वरको चमत्कारले मन्दिरको पछाडीसम्म आएको पानीको वहाव केदाननाथ नजिक आएर रोकिएकोले पुरै मन्दिर सुरक्षित भयो ।
केदारनाथको मन्दिरः केदारनाथको मन्दिरको विचित्रको कथा छ । ४ सय वर्षसम्म बरफमा लुकेको यो प्राचिन मन्दिरको मुख्य कुराहरु निम्न छन् ।
पहाडको बीचमा ढाकिएको मन्दिरः भगवान शिवको सर्मपित केदारनाथ धाम तीन पहाडको बीचमा रहेको छ । मनिदरको एकातिर २२ हजार फुटको उचाइमा केदार, अर्कोतर्फ २१ हजार ६ सय फुटको उचाइमा खर्चकुन्ड र अर्कोतिर २२ हजार ७ सय फिटमा भरतकुन्ड पहाड छन् ।
केदाननाथ धामको निर्माणः यो मन्दिर कटवा ढुंगालाई विशाल र मजबुद शिलाखंडलाई जोडेर बनाइएको छ । मन्दिरको चारैतिर ६ फुट उचाइ पर्खाल छ, ८५ फुट उचाइ, १८७ फुट लम्बाइ र ८० फुट चौडाईमा निर्माण भएको छ ।
६ महिना बन्द हुदाँ पनि सफा रहन्छ मन्दिरः केदारनाथ मन्दिरका पुरोहित भगवान शिवका भक्त भएकोले ६ महिना पहाडमा जाने भएकोले मन्दिरमा बत्ती मात्र बालिन्छ । लामो समय मन्दिर बन्द हुँदा पनि निकै सफा र सुन्दर देखिन्छ ।
पुराण गरिएको भविष्यवाणीः एउटा पुराणको एक भविष्यवाणीमा सबै तीर्थस्थल एक समय हराउने उल्लेख गरिएको छ । त्यसदिनमा नर र नारायण पर्वतमा भेट्नेछन्, उक्त समय बद्रीनाथको बाटो बन्द हुनेछ र भक्तहरुले कहिल्यैपनि केदारनाथ र बद्रीनाथको दर्शन गर्न पाउने छैनन् । पछि कालान्तरमा नयाँ ‘भविष्यबद्री’ नामको तर्थिस्थलको उत्पत्ति हुनेछ । धार्मिक ग्रन्थको सहयोगमा