आदरणीय दाजुभाइ दिदिबहिनी ! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ । माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो PCR जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।