वीरगन्ज | कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा शुक्रबार १८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। एकै दिन ३ जनासम्मको मृत्यु हुन थालेको एकै पटक १८ जनाले कोरोना जितेपछि थोरै राहत महसुस भएको हुन थालेको छ। एकै दिन ३ जनासम्मको मृत्यु हुन थालेको वीरगन्जमा एकै पटक १८ जनाले कोरोना जितेपछि थोरै राहत महसुस भएको छ।
शुक्रबार कोभिड अस्पताल गण्डकबाट एकै पटक १८ जनाले कोरोना जितेर घर फर्किएका हुन्। निमोनियाको लक्षणले सिकिस्त वीरगन्ज ५ जेल रोडका जोगिन्द्र महतो पनि कोरोना जितेर शुक्रबारै डिस्चार्ज भएका नारायणी अस्पतालको विशेष कोभिड अस्पताल गण्डकका डा. निरज सिंहले बताए । ‘महतोमा कडा खालको निमोनिया थियो। उनले १० दिनसम्म कडा संघर्ष गरेर बल्ल कोरोना जितेका छन्,’ सिंहले बताए। अरु १७ जनामा भने जटिल लक्षण र समस्या नभएको उनले जनाए।