विरगंज | आज शुक्रबारको दिन करिब राती 8/9 बजेको करिबमा विरगजको कोरोना अस्पतालमा उपचारको क्रम्मा मृत्यु भएका ब्याक्ती हरुको शव लाई व्यवस्थापन गर्दा स्थानीयहरुले बिरोध जनाएका छन् ।
दुई तिन दिनदेखि मृत्क का शवलाई व्यवस्थापन गर्न भेरहा नदीको किनारामा जलाउन खोज्दा त्यहाँका छेउका स्थानीयहरु विरोध जनाएका छन् ।स्थानीयहरूको भिरलाइ नियन्त्रणमा लिनको लागि चार राउन्ड हवाइ फायर समेत भएको छ।
प्रहरीले स्थानियहरुलाई सम्झाउदा बुझाउदा पनि नमानेपछि ठूलाे संख्या जम्मा भएकाे भिड हटाउन प्रहरीले आश्रु ग्यास र हवाई फायर समेत गरेकाे छ । प्रहरीले ६ राउन्ड आश्रु ग्यास र ४ पटक हवाई फायर गरेे पनि स्थानियहरु पछाडी हटेका छैनन् ।
प्रहरी आश्रु ग्यास र हवाई फायर गरेपछि बिराेधमा उत्रेका स्थानियहरु ढुंगामुडा समेत गरेका छन् । स्थिति तनावपूर्ण रहेकाे स्थानिय युवा प्रकाश कुमारले वताए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे बाक्लाे उपस्थिती रहेकाे छ भने नेपाली सेना मिलनचाैकमा देखिएकाे छैन् ।
काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव गाड्नकाे लागि दुईटा जेसिभि समेत मिलनचाैक पुगेकाे छ । काेराेना संक्रमितकाे शव व्यव्थापनकाे लागि मिलनचाैक पुगेकाे नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जेसिभि देख्नै वित्कै स्थानियहरु बिराेधमा उत्रेका थिए ।यस अघि पनि साउन १२ गते मिलनचाैकबासीकाे अवराेधका कारण शव व्यवस्थापनमा समस्या आएकाे थियाे ।