बारा | कोरोना भाईरस (कोभिड-१९) को संक्रमण समुदायस्तरसम्म फैलिएको छिमेकी जिल्ला पर्साको अवस्था, यस बारा जिल्लामा पनि दैनिक रुपमा कोरोना संक्रमण विरामीहरुको बड्दो संख्यालाई मध्यनजर गर्दै आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न वान्छनीय देखिएकोले मिति २०७७।४।१६ गते शुक्रबार बसेको
जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०७७/१८ गते आईतबार विहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम बारा जिल्लाका तपसिलका स्थानहरुमा देहायका शर्तहरु पालना गर्ने गराउने गरी निषेधाज्ञा लागू हुने भएकोले सम्बन्धित सबैको लागि यो सूचना जारी गरिएको छ।
१. अत्यावश्यक कामका बाहेक कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने । पसां तथा यारा जिल्ला जोड्ने हुलाकी लोकमार्गका पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया-वीरगज औधोगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हबी, सिमौनगढ, बरियापुर लगायत अत्यधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरु । अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारी साधनहरु जस्तैः विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरु (चारपांग्रे तथा मोटरसाइकल समेत) लाई पुर्ण रुपमा संचालन बन्देज लगाउने ।
निषेधाजा अवधीभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द रहने छन् । निषेधाज्ञा अवधीभर औषधी पसल २४ सै घण्टा खुल्ला रहने छ । खाद्यान्न, ग्यांस, इन्धन, दूध डेरी पसलहर, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा विकी वितरण नगरी साईकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेसम्म मात्र विक्री वितरण गर्ने |
निषेधित क्षेत्र भित्र कनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु विवाह, व्रतबन्ध, भोज भतेर) गर्न गराउन नहुने। उद्योग व्यवसायीहरुले करकारखाना संचालन गर्दा कामदारहरुलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल, स्वाटरमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर मात्र संचालन गर्ने । छिमेकी मित्रराष्ट्र भारतसंग जोडिएका सिमा नाकाहरुमा आवातजावत पूर्ण रुपमा बन्द गर्ने ।