• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कडा लक्षणसहितका संक्रमित भेटिन थालेपछि फेरि लकडाउन गर्न सुझाव

  • वीरगंज संजाल
  • १६ श्रावण २०७७, शुक्रबार १८:१८
  • १२१६९

    वीरगंज | पछिल्लो समय नेपालमा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ।  साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका  संक्रमितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: लकडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।

    मन्त्रालयले लक्षणसहितका संक्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै  जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा कडाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ।  मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार मन्त्रालयले गत साउन ११ गते नै पत्र पठाएर पुन: जोरबिजोर प्रणालीमा यातायातका साधन चलाउन आग्रह गरेको बताएका छन्।

    ‘हामीले नाकामा कडाइ गर्न र पुन जोर बिजोर गर्न ११ गते नै पत्र पठाइ सकेका छौँ’, उनले भने। हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन: कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा कोरोना संक्रमण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो। उनले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भनिएको बताए।

    उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि कडाइ गरिसकेको छ।  थप समस्या र संक्रमित दुवै बढेर संक्रमण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको संक्रमण अघि बढेको स्वास्थ्यको निचोड छ। यस्तो अवस्थामा पुन: एक पटक देशभर कडा लकडाउन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्। ‘केही दिनयता संक्रमितमा जुन लक्षण देखिएको छ, यसले अब परिस्थिति खतरातिर जान सक्ने देखाएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तो बेलामा अहिलेबाटै सतर्क रहन पुन: एक पटक कडा लकडाउन गर्नु पर्ने अवस्था छ।‘

    आइसियुमा संक्रमित

    लकडाउनपछि भेटिएका संक्रमितमा गम्भीर लक्षण देखिएसँगै उनीहरुलाई आइसियु र भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छ। केही सातअघि पहिलो पटक रौतहटका एक बिरामीको काठमाडौंमा भेन्टिलेटरमै ज्यान गएको थियो। तर लकडाउन खुलेसँगै संक्रमण देखिएका बिरामीहरुलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिने अवस्था आएको हो। केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोरङका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो।

    मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना संक्रमित आइसियुमा छन्। त्यसपछि प्रदेश नम्बर २ मा ५ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र कर्णाली प्रदेशमा २ र२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ। पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिएपछि सतर्कता बढाइएको छ।

    संक्रमितमा लक्षण देखिनु गम्भीर चुनौती हो भने लकडाउन खुलेसँगै संक्रमित बढ्दै जाँदा अवस्था नियन्त्रण बाहिर जान सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन्।  नेपालमा दुई दिनयता सातजनाले ज्यान गुमाएका छन्। हालसम्म ५६ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको जनाएको छ। जसमध्ये ५ हजार बढी सक्रिय संक्रमितको उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑