• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमण बढेसँगै कतै निषेधाज्ञा कतै पुनः लकडाउन

  • वीरगंज संजाल
  • १६ श्रावण २०७७, शुक्रबार ०९:४०
  • ३१७३

    वीरगंज | कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न गरेको लकडाउन फुकुवा गरेसँगै थप जोखिम निम्तिएको हो। पछिल्लो समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, न्यायाधीश र बैंक र सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेको छ। कोरोना संक्रमित र मृतक थपिँदै जाँदा देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। कतिपय क्षेत्रमा पुनः लकडाउन हुने भएको छ।  

    सप्तरीमा निषेधाज्ञा जारी

    यो समाचार तयार पार्दासम्म इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सप्तरीमा ४६३ जना कोरोना संक्रमित रहेका छन्। जसमध्ये पुरुष ४०९ र महिला ५७ जना रहेका छन्। राजविराजमा सात दिनदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सप्तरीका एक न्यायाधीशलाई समेत कोरोना लागेपछि अदालतको काम कारबाही बन्द गरिएको छ। राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा एक बिरामीमा संक्रमण पुष्टि भएपछि उक्त अस्पताल समेत सिल गरिएको छ। जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराएका एक कोरोना संक्रमितको मृत्यु भएपछि त्यहाँको इमर्जेन्सी वार्ड सिल गरेको छ। बजार सुनसान छन्। सडकमा आवतजावत छैन। सवारी साधन नचल्दा र पसल नखुल्दा वीरगन्ज र राजविराजको जनजीवन प्रभावित बनेको छ।

    एकैदिन दुई बिरामीको मृत्युपछि पर्सामा पनि निषेधाज्ञा यस्तै,

    कोरोनाका कारण एकै दिन दुई जनासम्मको मृत्यु भएपछि साउन १० देखि  पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा शनिबारबाट अनिश्चित कालका लागि निषेधाज्ञा लगाइएको थियो। पर्सामा पुरुष २५६ र महिला ६६ गरी कुल ३२२ कोरोना संक्रमित रहेका छन्।  कोरोना संक्रमणबाट  वीरगञ्जमा बिहीबार राति तीनजनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।   शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको पहलमा सर्वदलीय बैठक बसी शनिबार बिहानैदेखि निषेधाज्ञा लगाइएको थियो। निषेधाज्ञाका कारण सर्वसाधारण आदेश पालना गरेर आर्थिक नगरी वीरगन्जको मेनरोड, नयाँ बसपार्क, घण्टाघर, माईस्थान, आदर्शनगर, मकालु चोक, पशुपति घोष चोक जस्ता चोकमा निस्केका छैनन्। 

    बाँकेमा लकडाउन हुने

    बाँकेमा हालसम्म ४१७ जना कोरवना संक्रमण रहेका छन्। जसमध्ये पुरुष ३७४ र महिला ४३ रहेका छन्। बाँके प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पुनः लकडाउन गर्ने भएको छ। सरकारी कार्यालयका ११ सहित एकैदिन २७ जनामा कोरोना पुष्टि भएपछि प्रशासनले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पुनः लकडाउन गर्न लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। लकडाउन मंगलबार बेलुकीसम्म गर्ने निर्णय भएको उपाध्यायले बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले  शनिवार रातिदेखि लागू हुने लकडाउन कडा हुने जानकारी दिएका छन्। उनले बाँकेमा कोरोना संक्रमणको मिटर उकालो लागेपछि न्यूनीकरणका लागि पुनः लकडाउन गर्न परेको बताए। ‘सुरुमा चार दिनका लागि लकडाउन हुन्छ। त्यसपछि अवस्था हेरेर थप गर्न गरिनेछ,’ उनले भने। आन्तरिक राजस्व कार्यालय, नेपालगन्जमा बिहीबारसम्म ११, यातायात कार्यालयका एक, त्रिभुवन चोकस्थित मिठाई पसलका एक र उनको  कन्ट्रयाक्ट ट्रेसिङ गर्दा थप १६ जनामा कोरोना देखिएपछि लकडाउन गर्न बाध्य भएको प्रजिअ कुरुम्बाङले बताए।  

    धरानमा यस्तो निर्णय

    सुनसरीमा १३२ कोरोना संक्रमित छन्। जसमा ११० पुरुष र २२ जना महिला रहेका छन्। धरानमा खाद्यान्न र औषधि पसलबाहेक अन्य पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ। शुक्रबारदेखि यो नियम लागू भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बेजसम्म मात्र खोल्न दिइने निर्णय भएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑