विरगंज । भारत घरभई जगदम्बा इन्टरप्राइजेजका सिइओ रहेका ५६ वर्षिय मेवाराम शर्माको
उपचारको क्रममा गएराति मृत्यु भएको छ।
गत साउन ७ गते गण्डक अस्पताल भर्ना भएका उनको शरिरमा अक्सिजनको मात्रा कमि
भएर मृत्यु भएको उपचारमा संलग्न डा. निरज सिंहले जानकारी गराएको छ।
विहिबार दिउँसैदेखि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको भएपनि राति ११ बजे शरिरमा अक्सिजनको कमि भएर दुखद निधन भएको डा. सिंहले बताए । कोरोनरी धनीका विरामी रहेका उनको मुटुको बाइपास सर्जरी भएको थियो ।
अहिलेको संक्रमण खतरनाक रहेकाले संक्रमितलाई जोखिम बढाएको डा. सिंहको भनाई छ ।3 योसंगै कोरोना संक्रमणले पर्सामा विहिबार मात्रै ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शर्मासंगै वीरगंज १६ नगवाका ३५ वर्षिय मुन्ना कुमार कानु । छपकैया २ का नवलकुमार पाण्डे रहेका छन् । पर्सामा मात्रै कोरोना संक्रमणले १२
जनाको मृत्यु भएको छ। मधयनेेेपाल बाट सभार गरिएको छ ।