विरगंज । वीरगञ्जामा बिहीबार दुई जनाको ज्यान गएपछि नेपालमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन्।
हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना पुष्टि भएकाे हाे। कोरोना अस्पतालमा उपचाररत वीरगंज महानगरपालिका–१६ नगवाका ३६ वर्षे युवाको उपचारको क्रममा मृत्यु भएको डा निरज सिंहले जानकारी दिए।
घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर स्वाब संकलन गरेको थियो। पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। यस्तै मृतकसहित पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ जना महिला छन्।