पाल्पा | अविरल वर्षासँगै आएको भेलले बगाउँदा मंगलबार पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा एक जनाको मृत्यु भएको छ । सोमबार राति ठूलो पानी परेपछि आफ्नै खेतमा भल फर्काउन गएका २९ वर्षीय दीपक अर्यालको माथिल्लो भागबाट आएको भेलले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
असेर्दीबाट फोक्सिङकोट जाने सडक जथाभावी खनेको र सोही सडकबाट बगेर आएको ढुंगामाटोसहितको भेलले अर्याललाई बगाएको स्थानीयले बताए ।
प्रहरीका अनुसार अर्यालको दाजुसँगै खेतमा गएका थिए । भेलले बगाएर बेपत्ता भएका उनको शव पुरिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।