वीरगंज । वीरगंजमा लक्षणसहितकाे काेराेना संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार विहान देखी निषेधाज्ञा जारी गरेकाे हाे । वीरगंजमा निषेधाज्ञा जारी भएकाे तेस्रो दिन सोमबार फेरि पर्सामा थप १७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
बीरगन्ज महानगरपालिका वडा न 4 बीर्ता, वडा न 11 श्रीपुर, वडा न ७ लोहारपट्टी र रामटोल, वाड न १३ रानिघाट, वडा न १३ राधेमाइ, वडा न २३ सबैठवा, सथै जगदम्वा इन्टरप्राइजेज सहितका थप १७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
संकट व्यवस्थापन केन्द पर्साकाे साउन ९ गते शुक्रबार बसेकाे बैठकले निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक सबे बन्द गरे तापनी कोरोनाको महामारी समुदाय स्थर मा फेलिएको विज्ञहरु को दाबी छ।