• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना सङ्क्रमितमा देखिन थाल्यो लक्षण

  • वीरगंज संजाल
  • १३ श्रावण २०७७, मंगलवार ०१:१६
  • ५५०१

    सप्तरी | सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरु हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । कतिपय सङ्क्रमितमा रुखाखोकी, श्वासप्रश्वासमा समस्या देखिने गरेको उनले जानकारी दिए ।

    कोरोनाको अवस्था तथा नियन्त्रणका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिन आज सप्तरी आउनु भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सप्तरीको अवस्थाका बारेमा जानकारी दिनु हुँदै डा झाले भने, “सङ्क्रमितमा लक्षण देखिन थालेपछि जनशक्ति व्यवस्थापन झन जटिल भएको छ ।” पहिला सम्पर्कमा जानु नपर्ने अवस्था रहेकोमा पछिल्लो समय स्वास्थ्यकर्मीले सङ्क्रमितहरुको परीक्षणलगायतका काम गर्नुपरेको उनले बताए ।

    गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गत जेठ २४ गतेबाट पिसीआर प्रयोगशाला सञ्चालनमा आएपछि तीन हजार ९६० जनाको स्बाव परीक्षण गरिएको र तीमध्ये २९१ पुरुष र ३२ महिला गरी ३२३ जनाको रिपोर्ट पोजेटिभ पुष्टि भएको डा झाको भनाइ छ । प्रयोगशालामा हाल दैनिक १५० देखि २०० जनासम्मको पिसीआर परीक्षण भइरहेको उनले जानकारी दिए ।

    सप्तरीमा देखिएका कूल ४४७ सङ्क्रमितमध्ये गजेन्द्रनारायण सिंह अस्पतालअन्तर्गत सञ्चालनमा रहेको आइसोलेशनमा ४२१ जनाले सेवा लिएका छन् । उपचार गरेका ३०२ जना निको भई घर फर्किएको र ११९ जना उपचाररत रहेको डा झाले जानकारी  दिए ।

    राजविराजस्थित १७८ श्ययाको आइसोलेशन केन्द्रमा एकैपटक १७२ जनासम्म भर्ना गरेर उपचार गर्न आफूहरु सफल भएको उनले बताए ।

    उनले अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १७८ श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्न समस्या भएकाले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । आठ जना डाक्टर र १२ जना नर्स गरी २० जना स्थायी जनशक्ति रहेको अस्पतालका करार कर्मचारीका भरमा काम गर्नुपरेको बताउनु हुँदै डा झाले भने, “महिनौंदेखि पैसा नआएर तलब दिन नसकिएको अवस्थामा करारका कर्मचारीलाई अस्पताल र आइसोलेशनमा जोखिमयुक्त काममा खटाउनु परेको छ ।”

    अस्पतालकै लागि जनशक्ति अभाव रहेका बेला १७८ श्ययाको आइसोलेशन पनि ती जनशक्तिले सम्हाल्नु पर्दा अझै समस्या भएको उनले बताए । चार दिनअघि आकस्मिक कक्षका एक बिरामीमा समेत कोरोना पुष्टि देखिएपछि चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिन गर्नु पर्दा सेवा झनै प्रभावित भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले पनि सधैँभरी भिटीएमको अभाव हुँदा पिसीआर परीक्षण तीव्र गतिमा अघि बढ्न नसकेको बताए ।

    पछिल्लो पटक प्रदेश सरकारले उपलब्ध गराएको एक हजार भिटीएम पनि सकिने अवस्थामा रहेकाले तत्कालै पाँच हजार भिटीएमको व्यवस्था गर्न माग गर्दै यादवले मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराए ।

    “कोरोनाको सङ्क्रमण जुन गतिले समुदायमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न परीक्षण बढाउनुको विकल्प छैन” उनले भने “तर, भिटीएमलगायतका सुरक्षा सामग्रीको अभाव छ, तत्कालै व्यवस्था मिलाई दिन आग्रह गर्छु ।”

    यसैगरी, पिसीआर परीक्षणलगायतका अन्य व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानमा पुग्न सवारी साधन तथा आमा समूह र स्वयम् सेविकाहरुलाई परिचालन गर्न आवश्यक पर्ने बजेटको पनि व्यवस्था गर्नुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑