• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नाबालक पनि बलात्कारमा संलग्‍न !अरुको देखेर गरेको बालकको बयान

  • वीरगंज संजाल
  • १२ श्रावण २०७७, सोमबार २२:०८
  • ४०४९

    ओखलढुंगा | एक हप्तादेखि जिल्ला प्रहरी कार्यालयमा एक जना नाबालक प्रहरी निगरानीमा छन्। उनी प्रहरीसँगै बस्छन्, प्रहरीसँगै खान्छन्। उनलाई हेरचाह गर्न त्यसरी राखिएको भने होइन। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका लागि राखिएको हो। करिब ११–१२ वर्षका उनलाई नाबालक भएकै कारण हिरासतमा नराखि अनुसन्धान गरेको प्रहरीको भनाइ छ।

    नाबालक पनि बलात्कारमा संलग्न ! सुन्दा जो कोहीलाई पत्याउन गाह्रो हुन्छ।  त्यसमा चार वर्षीया बालिकालाई बलात्कार गरेको कुरा। तर उनलाई बलात्कारको आरोपमा गाउँले र पीडित बालिकाको आफन्तले केही दिनअघि प्रहरीको जिम्मा लगाए।

    उनीमाथि पटकपटक छिमेकीकै चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। गत हप्ता प्रहरीकहाँ परेको उजुरीअनुसार असारको ३१ गते उनले बलात्कार गरेका हुन्। उजुरीकै आधारमा ति नाबालकलाई प्रहरीमा ल्याएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि जिल्ला अदालतमार्फत म्याद थप गरिसकेको जिल्ला प्रहरीका डिएसपी रुपेश खड्काले बताए।

    ‘व्यक्तिगत रुपमा बालक र उनको उमेर हेर्दा पत्याउनै नसकिने घटना लाग्यो। म आफैँलाई आँशु आयो। यस्तो उमेरको बच्चाले कसरी बलात्कार गर्ला ?’ डीएसपी खड्काले भने, ‘तर बलात्कृत भनिएकी बालिकाको बयान र उनीहरुका आफन्तको उजुरीले गर्दा उनलाई यहाँ ल्याउनुपरेको हो।’ थुनुवा कक्षमा नभई उनलाई प्रहरीहरुसँगै ब्यारेकमा सुताउने गरेको डीएसपी खड्काले बताए।
    खड्काका अनुसार उनलाई सरकारी वकिलकहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाएर घर पठाउने तयारी छ। जिल्ला सरकारी वकिल लेखनाथ ढकालले बालकको जन्मदर्ता मगाउने काम भएको बताए। ‘यो घटना अहिले अनुसन्धानकै क्रममा छ।’ उनले भने, ‘उनको जन्मदर्ता मगाउने काम गरेको छु। त्यसपछि बयान लिएर के गर्ने भन्ने अहिले भन्न सकिने अवस्था छैन।’
    प्रहरीसँगको बयानमा बालकले आफूले अन्य मान्छेहरु यौन क्रियाकलापमा संलग्न भएको देखेको र त्यसैको आधारमा यस्तो क्रियाकलाप गरेको बताएका छन्। यसबाट अभिभावक वा अरु जो कोहीले बालबालिकाले देख्ने गरी यौन क्रियाकलापमा संलग्न हुँदा बाल मानसिकतामा कस्तो असर पर्ने रहेछ भन्ने विषय सोच्न बाध्य बनाएको डिएसपी खड्काले बताए।

    शारीरिक र मानसिक दुवै अवस्थालाई आधार मान्ने हो यस घटनाका अभियुक्तलाई प्रहरीसम्म ल्याउनै नपर्ने केही अधिकारकर्मीहरुको भनाई छ। कानुनी रुपमा ति बालकलाई सरकारी वकिलले बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने अधिवक्ता गुरुबहादुर बस्नेतले बताए। १२ वर्षभन्दा माथिकालाई सुधार गृहमा पठाउनुपर्ने र १० वर्ष मुनिकालाई अपराध नमानिने भएकोले यस बीचका नाबालकलाई बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने उनले बताए।

    बर्थ डेमा बोलाएर बलात्कार 

    बलात्कारको आरोपमा दर्ता भएका अन्य घटनाहरुमध्ये केही रोचकसमेत छन्। मानेभन्ज्याङ गाउँपालिकाको एक घटनामा पूर्व प्रेमीले जन्मदिन मनाउन बोलाएपछि भोज खान रातिको समयमा गएकी प्रेमिकाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि अभियुक्त पक्राउ परेका छन्।

    पछिल्लो समय सहमतिमा हुने शारिरिक सम्बन्धमा दरार आएपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने चलन बढेको समेत प्रहरी र कानुन व्यवसायी बताउँछन्। पहिले सहमति, पछि नमिलेर बलात्कारका उजुरी आउने क्रम बढेको उनीहरुको भनाइ छ।

    लकडाउनमा बलात्कार बढे 

    अघिल्ला महिनाको तुलनामा लकडाउन अवधिमा बलात्कारका घटना बढेको तथ्यांकले देखाउँछ। जिल्ला प्रहरी कार्यालयमा बैशाख यता सातवटा जर्बजस्ती करणीका मुद्दा दर्ता भएका छन्।
    लकडाउन सुरु भएको पहिलो महिना एउटा पनि घटना नघटेकोमा दोस्रो महिनादेखि बलात्कारका मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा देखिन्छ। त्यसैगरी लकडाउन अवधिमै जिल्लाभित्र १३ जनाले आत्महत्या गरेका छन्। हिंसाका घटना पनि दर्ता भएका छन्। सबै लकडाउनको दोस्रो महिनादेखिको संख्या हुन्। यसो हुनुमा व्यक्तिको मानसिक असरमा लकडाउनले सहयोग गरेको डीएसपी खड्काले बताए।

    ‘पहिलो महिना कोरोना संक्रमणसँग डराएर मान्छे चुपचाप घरमा बसेको देखिन्छ।’ उनले भने, ‘दोस्रो महिनादेखि रोगसँग डर घट्दै गयो, फुर्सद बढ्यो, इन्टरनेटको प्रयोगले मानसिक रुपमा असर परेपछि यस्ता घटना बढेको हो।’anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑