• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा कोरोना संक्रमणबाट ३ महिनामा २ जना र एक हप्तामा १० जनाको मृत्यु

  • वीरगंज संजाल
  • १२ श्रावण २०७७, सोमबार १९:१५
  • २९१७

    वीरगञ्ज। कोरोना भाइरस (कोभिड १९) संक्रमण भएर तीन महिनामा दुई जनाको मृत्यु भएको प्रदेश २ मा पछिल्लो एक हप्तामै थप १० जनाले ज्यान गुमाएका छन् । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा पाँच जना, रौतहट र बारामा दुई-दुई जना तथा धनुषा, महोत्तरी र सप्तरीमा एक-एक जनाको मृत्यु भएको हो ।

    ६ सय ३० जना संक्रमित रहेको धनुषामा पहिलो पटक आइतबार साँझ ३८ वर्षीय एक जना युवकको मृत्यु भएको छ । गाउँमा किराना पसल सञ्‍चालन गर्ने उनलाई कहाँ र कसरी संक्रमण भयो भन्ने खुल्न नसकेपनि उनको शरीरमा भाइरल लोड अत्यधिक भएको उपचारमा संलग्‍न डा. जामुन सिंहले बताए । उनको मृत्युपछि सोमबार मृतकको परिवार र उनको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ र ‘ट्राभल हिस्ट्र ट्रेसिङ’ गरी जाँचको दायरा बढाएको प्रदेशका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

    आइतबार साँझ एक जनाको मृत्यु भएको धनुषाको शहीदनगरमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शहीदनगरका चारसमेत धनुषामा सोमबार थप १० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महोत्तरीमा १०, सप्तरीमा १३ र पर्सामा १९ गरी यस प्रदेशमा सोमबारमात्रै ५२ जना संक्रमित थपिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो समेत प्रदेश २ मा कुल संक्रमितको संख्या चार हजार चार सय ३३ पुगेको छ । ती मध्ये ३ सय ४५ जना महिला छन् । संक्रमितमध्ये सोमबारसम्म तीन हजार १४ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

    राजविराज र वीरगन्जमा निषेधाज्ञा

    कोरोना भाइरस संक्रमणको दर बढेसँगै सप्तरीको राजविराज नगरपालिका र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । दुवै पालिकामा पछिल्लो साता संक्रमण दर उच्च देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणको दर बढ्ने र संक्रमितको प्रकृति भयावह हुने घटना देखिन थालेपछि प्रदेश सरकारले उच्च सतर्कता अपनाएर सक्रियता बढाएको मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन् । सोमबार राजविराजको अस्पताल स्वास्थ्य प्रयोगशाला अनुगमन गरेका मुख्यमन्त्री राउतले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग बैठक बसेर समाजमा थप सचेतना बढाउन र स्वास्थ्य सुरक्षामा दत्तचित भएर काम गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑