• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धम्कीबाट जनधारणा बदलिँदैन !

  • वीरगंज संजाल
  • ११ श्रावण २०७७, आईतवार २२:५२
  • २५०९

    वीरगंज  | देश संकटमा भएका बेला सरकारलाई भने कसैले विश्वास पनि नगर्ने र टेर्दा पनि नटेर्ने अवस्था देखियो । कोभिड–१९ को कुव्यवस्थापन, महामारीमा पनि भ्रष्टाचारमा लिप्तता तथा जनताका यावत् समस्या पन्छाएर सत्तारुढ दलका शीर्ष नेताहरूको पदमुख्री विवाद देखेर नै जनताले सरकारलाई नपत्याउने र नटेर्ने अठोट गरेको हुनुपर्छ । नत्र, महामारीको खतरा झन् बढेका बेला आफ्नै सुरक्षाका लागि प्रयोग गर्नुपर्ने मास्क लगाउनेजस्ता सावधानी अपनाउन पनि सरकारले बारम्बार कारबाहीको धम्की दिनुपर्ने पक्कै थिएन ।

    सरकारले बन्दाबन्दी लगाउने र हटाउने निर्णय हचुवाका भरमा गरेकाले पनि जनतामा वितृष्णा जागेको हुनसक्छ । बजार त सरकारले खुलायो तर पोखराको एउटा समाचारअनुसार ग्राहकहरू बजारमा जान तयार देखिएनन् । सार्वजनिक यातायातका सम्बन्धले लागू गरेको नियमलाई त सत्तारुढ दलकै एकजना नेताले ‘गृह मन्त्रालयको जात्रा’को संज्ञा दिएका छन् । विश्व स्वास्थ्य संगठनले निषेध गरेको आरडीटी परीक्षण रोक्न नागरिक अभियन्ताले अनशन बस्नुपर्छ । सरकार सत्याग्रहीसँग सम्झौता गर्छ कार्यान्वयन गर्दैन । जनस्वास्थ्यका प्रमुख सरोकारको विषय कार्यान्वयन होस् भनेर सत्याग्रहीले फेरि अनशन गर्नुपर्छ । अनि जनताले के टेरुन् ? के विश्वास गरून् ?

    आफैँलाई हानि हुने विषयमा समेत जनताले सरकारको आह्वान, निर्देशन, धम्कीको किन अवज्ञा गरेका होलान् ? जनता मूर्ख नै हुन् त ? कि यो अवज्ञा सरकारप्रति असन्तुष्टिको अभिव्यक्ति हो ?  सत्तारुढ दलका सयौं कार्यकर्ता भौतिक दूरी र सुरक्षा सावधानीसमेत नअपनाई जम्मा हुन्छन् र त्यस्तो कार्यक्रममा मन्त्रीलगायत नेताहरू सहभागी बन्छन् भने जनसाधारणले भौतिक दूरी वा अरू सावधानी अपनाउँदैमा संक्रमण रोकिन सक्तैन ।

    काभ्रेमा हालै भएको एउटा कार्यक्रम त यसको प्रतिनिधि उदाहरणमात्र हो । सरकारी अधिकारीहरूको यस्तै व्यवहारले जनतामा आक्रोश उत्पन्न भएको र सरकारका सबै आह्वान, आदेश र चेतावनीको अवज्ञा गर्ने अठोट जागेको हुनसक्छ । सार्वजनिक यातायातसम्बन्धी सरकारी निर्णय मूर्खताको अर्को उदाहरण हो । एएटा बसबाट ओरालेर केही समय पैदल हिँडाएर अर्को बसमा चढ्दा संक्रमण कम हुने नभएर बढ्ने जोखिम हुन्छ ।

    लामो बन्दाबन्दी खुल्यो भन्दा जनतामा केही रोमाञ्चक स्वच्छन्दता जागेको हुनुसक्छ । तर, अहिले कोभिड–१९ को संक्रमणलाई बेवास्ता गर्ने रोमाञ्च निकै महँगो हुनसक्छ । कदाचित् संक्रमण भइहाल्यो भने आफूमात्र हैन परिवारकै जीवन संकटमा पर्छ । यसैले सबैभन्दा पहिले सचेत नागरिक सबैले मास्क लगाउने, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम राख्नेजस्ता कोभिड–१९ को संक्रमणबाट जोगिने उपाय अपनाउनु आवश्यक छ । अहिलेसम्म कोभिड–१९ का बारेको प्रचारप्रसार ज्ञानको तहमै सीमित रहेको देखिन्छ । ज्ञानले व्यक्तिको धारणा र अन्ततः अभ्यासमा परिवर्तन गर्न सक्नुपर्छ ।

    ज्ञान, धारणा र अभ्यासबीचको अन्तर समाप्त नहुँदासम्म ज्ञान जीवनोपयोगी हुनसक्तैन । यसैले सरकारले कारबाहीको धम्कीजस्तो प्रत्युत्पादक उपायमा हैन जनतालाई आफ्नो अभ्यास परिवर्तन गर्न मनाउने सञ्चार रणनीति अपनाउनु जरुरी देखिन्छ । यस्तै, लामो दूरीमा एउटै गाडीमा हिँड्दा संक्रमण हुने र जिल्लाभित्र मात्र हिँड्दा नहुने त पक्कै होइन । यसैले सार्वजनिक यातायातसम्बन्धी अहिलेको मूर्खतापूर्ण बन्देज खारेज गर्नुपर्छ । जनतालाई विश्वासमा लिन सत्याग्रहीहरूसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्छ । सरकार चलाउनेहरूमा एक्काइसौं शताब्दीमा पनि प्रहरीका भरमा शासन गर्न खोज्ने शठता देखिनु नेपालीको दुर्भाग्य नै हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑