• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कांग्रेसमा १२ सयलाई उन्मुक्ति, ४ नेता कारवाहीमा

  • वीरगंज संजाल
  • ११ श्रावण २०७७, आईतवार २२:३६
  • ४३५३

    । नेपाली कांग्रेस गोरखाका नेता तथा महासमिति सदस्य राजेन्द्र बजगाइँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कारवाहीको माग गर्दै २०७५ चैत १४ गते कांग्रेस पार्टी कार्यालय सानेपामा निवेदन दर्ता गराए ।  शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिको दुरुपयोग गरेको, अलोकप्रिय कदमले पार्टीमा निराशा छाएकोलगायतका आरोप उनको थियो ।

    त्यतिमात्रै होइन, “नेपाली कांग्रेस संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित गर्न किन दिनुभयो ? यसबाट संसदीय मर्यादामा चोट मात्रै पुगेन कि सिंगो पार्टीको साख गिरेको छ । यसकारण शेरबहादुर देउवामाथि कारवाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु,” निवेदनमा बजगाइँले लेखेका छन् ।

    उक्त निवेदन दर्तामात्रै भएको छ अघि बढ्न सकेन । उजुरीकर्ता बजगाइँका अनुसार देउवाविरुद्ध उजुरी दर्ता गरिएपछि केही धम्की आएको थियो तर निवेदन खारेज गरिएको या अघि बढेको भन्ने केही पनि अहिलेसम्म जानकारीमा आएको छैन ।  नेपाली कांग्रेसको अनुशासन समितिले कांग्रेसका चारजना नेतालाई साधारण सदस्य नै नरहने गरी कारवाही गरेपछि यो विषय फेरि उठेको छ ।

    स्थानीय, प्रदेश र संघको निर्वाचनमा आफ्नै उमेदवारलाई चुनाव हराउन लागिपरेको भन्दै १२ सय बढी उजुरी कांग्रेसको अनुशासन समितिमा परेको थियो । अनुशासन समितिले केही समयअघि कांग्रेसका एकजना नेता महेन्द्र मल्लका विरुद्धमा निर्णय गरेको थियो भने शनिबार ३ जना नेतालाई साधारण सदस्यता समेत नरहने गरी निस्कासन गरेको छ ।

    तनहुँका गोविन्दराज जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेल्धुराका रामबहादुर विष्टलाई कांग्रेसले कारवाही गरेको हो । जोशी र ओझालाई ५ वर्ष पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ भने विष्टलाई ३ वर्षका लागि निस्काशन गरेको छ ।

    के थियो उजुरी ?

    जोशीलाई तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेललाई असहयोग गरेको, चुनावमा बागी उठेको, समानान्तर कार्यालय र समिति बनाएको आरोप थियो । जोशीले यस सम्बन्धी अनुशासन समितिलाई लामो स्पष्टीकरण दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफू जन्मँदै कांग्रेस भएको स्पष्ट पार्दै आफ्नो रगतमा पनि कांग्रेस नै भएको बताएका छन् ।

    कांग्रेस अनुशासन समितिले कारवाही गरेपछि उनले आफ्नो स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै भनेका छन्, “म जन्मदै कांग्रेस हुँ । मेरो रगतमा कांग्रेस छ । मेरो पिता पदमराज जोशी २०१८ सालमा कांग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरुको प्रतिनिधि बनी काठमाडौंको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ औं शोकसभामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा स्वयम् रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् ।

    त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै होला । वामपन्थीहरुको त्यो सम्मेलनले के निर्णय गर्यो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तनहुँमा विवाद समानान्तर समितिको होइन विवाद ओरिजिनल कांग्रेस र डुप्लिेकेट कांग्रेसबीचको हो ।”ओझालाई कांग्रेस नेतृ आरजु राणा देउवालाई चुनाव हराउन लागिपरेको आरोप थियो । ओझाले राणाविरुद्ध दिएको अभिव्यक्तिको अडियो रेकर्ड समितिलाई प्राप्त भएको एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रमाणका आधारमा मात्रै कारवाही गरेको छ ।

    “हामीले आरोपका लागि आरोप लागेकालाई कारवाही गरेका होइनौं,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “अडियो सुनेर, भिडियो प्रमाण हेरेर कारवाही गरेका हौं ।”विष्टलाई एकजना महिला नेतृमाथि हातपात गरेको उजुरी परेको थियो । उनलाई ३ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय कांग्रेस अनुशासन समितिले गरेको छ ।

    १२ सयलाई उन्मुक्ति 

    कांग्रेसमा १२ सय उजुरीकर्ताका निवेदन सामान्य ‘नोटिस’ मा मात्रै राखिएको छ ।

    अनुशासन समितिको निर्णयको दोस्रो बुँदामा भनिएको छ, “स्थानीय, प्रदेश एवम् संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उमेदवारलाई असहयोग गरेको भनी नगर, वडा समिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफासिर भइ आएको र सम्बन्धित उमेदवारको समेत उजुरी परेको अवस्थाका उजुरीसँग सम्बन्धित आरोपीहरुलाई २०७६ साल वैशाख २६ गते स्पष्टीकरण सोध्ने कार्य भएको र निजहरुलाई नेपाली कांग्रेसको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एमव् गतिविधि अनुसार मूल्यांकन गर्दै जाने कुरा समेत सूचित गर्ने निर्णय गरियो ।”

    अनुशासन समितिका एकजना सदस्यका अनुसार १२ सय उजुरी परेको भए पनि उनीहरुलाई कुनै कारवाही गरिएन ।

    “अहिले उहाँहरुलाई कारवाही गरिएको होइन,” उनले भने, “पार्टीको सदस्यता लिन र कुनै पनि समितिमा रहेर काम गर्न उहाँहरुलाई कुनै अप्ठेरो पर्दैन । यो भने एकप्रकारले उहाँहरुविरुद्धको निवेदन खारेजी जस्तै हो ।”

    धेरैजसो निवेदन निर्वाचनमा आफ्नै उमेदवारविरुद्ध लागेको आरोप थियो । अनुशासन समितिका अर्का सदस्य किशोरसिंह राठौरका अनुसार उनीहरुलाई सचेत गराइएको छ ।

    “उहाँहरुले खेलेको भूमिकाका बारेमा स्थानीयदेखि केन्द्रसम्मको कार्यालयमा सबै रेकर्ड रहन्छ,” उनले भने, “कारवाही नै नगरे पनि सचेत भने गराइएको छ ।”  ठूला नेताविरुद्धका निवेदन किन नहेर्नुभएको भन्ने प्रश्नमा राठौरले भने, “हामीले आवश्यक उजुरी हेर्ने हो । अहिले हामी निर्वाचनकेन्द्रित उजुरीमा थियौं ।”
    कांग्रेसमा ३५ जिल्लाबाट १२ सय उजुरी परेका थिए ।

    पार्टीभित्रै असन्तुष्टि 

    कांग्रेसमा चारजना नेतालाई कारवाही गरेको भन्दै पार्टीका नेताहरुले आपत्ति जनाएका छन् । “पार्टीमा अहिले जसलाई कारवाही गरिएको छ, उनीहरुको योगदान कम छैन,” कांग्रेसका एक नेताले भने, “विधि हेरियो कि नेता ?”

    कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतका नेताहरुले भने सामाजिक सञ्जालमार्फत नै असन्तुष्टि जनाएका छन् ।

    “एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरुलाई पार्टीबाट निष्कासन गर्दैछौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो । उहाँहरुले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ,” कोइरालाले भनेका छन् ।

    त्यसैगरी कांग्रेस नेता मिनेन्द्र रिजालले भनेका छन्, “हिजो पार्टीले कारवाही ग¥या साथीहरुको नाम पढेँ, सजाय हेरेँ, आजसम्म मन तरंगीत छ । बीपीहरुले निर्माण गर्नुभएको हाम्रो पार्टीले शनैःशनैः उदार लोकतान्त्रिक चरित्र गुमाउने पो हो कि भन्ने आशंकाले मन झनै गह्रुँगो भयो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑