• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व आमाबुवा दिवस-मातृ देवो भवः पितृ देवो भवः

  • वीरगंज संजाल
  • ११ श्रावण २०७७, आईतवार १०:४५
  • ७६३७

    यो छोरा बढ्ला कमाई गर्ला दुधभात देला मलाई
    यो छोरी बढ्ली कमाई गर्ली दुधभात देली मलाई

    माथीका हरफ नेपाली जनजीवनका एउटा बहुतै पुरानो भनाई हो, आमाबुवाले आफ्ना छोराछोरीसंग गर्ने अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । दुधभातले माया दर्शाएको छ अनि सन्तान मोह छ साथमा, यस अर्थमा हामी सबैजना आफ्ना आमाबुवाको जीवन बिमा त हौं, एउटा खाली चेक आमाबुवाका लागि हैन र ?

    माकुराको उदहारण दिन चाहे आज दिनविशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरुले आमालाई खाईदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्राटुक्रा पारेर खाईदिने त्यो पाशविक नियती आजभोली हामी मान्छेमा उदहारणत पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरु, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरु अनि घरघरमा अपहेलना गरेर राखिएका आमाबुवाहरुका आँशुले कतै माकुराको प्रवृतिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?

    समस्त आमाबुवाहरुलाई हामी नमन गर्न चाहन्छौं आज विश्व आमाबुवा दिवसको अवसरमा । विश्वमा एउटा अजिवको सत्यता छ र त्यो हो हाम्रो प्रजजन क्षमता, महिला या पुरुषको शारीरीक वनावट अनि आफुजस्तै अर्को जीवको संभावना जसलाई हामी सरलीकृत रुपमा बुवा या आमा बन्ने क्षमता या संभाव्यता भनेर पनि बुझ्न सक्यौं । बुवाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावत एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो ।

    काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृती वर्णन गरिएको छ । सधैं खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेकोर नाटक गरेको भनी सम्वोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाती केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कदा काठको टुक्रासंग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।

    नातीले वडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबावु आफ्नो गल्तीको पश्चाताप गर्दै भोलीपल्टैबाट बुवालाई संगै टेबलमा राखेर अनि फुटेपनि काँचकै कचौरामा आफुसरह खाना दिन थाल्दछन् । आँउदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भएपनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सदभाव देखाउन जरुरी छ ।

    आमाको मुख हेर्ने दिनमा तरहतरहका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान अन्य दिनमा आमासंग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याँउदैनन् या जाँदैनन् । नानातरहका व्रत बस्ने ब्रतालुहरु घरकै रहेका बुवाआमा या सासुससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँझो मान्दछन् । कति बुहारीहरुले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सासुससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवाआमाको महत्व सबैले बुझ्न जरुरी छ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलीका आमाबुवा पनि त हुन् ।

    मातृ देवो भवः
    पितृ देवो भवः

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑