• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वमन्त्री सुनिलबहादुरसहित राप्रपाका दुई दर्जन बढी नेताले दिए राजीनामा-नाम, थर जिल्ला

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार २०:४२
  • ३०८१

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का  दुई दर्जन बढी नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

    पार्टीका तीन अध्यक्ष (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी)लाई पत्र लेख्दै नेताहरुले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

    राजीनामा दिनेमा पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेतलगायत नेता रहेका छन् ।

    राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए ।

    ‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ । उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ । देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ ।’

    श्रीमान् त्रय अध्यक्षज्यू
    राष्ट्रिय प्रजातन्त्र पार्टी
    केन्द्रीय कार्यालय, काठमाडौं

    विषय : संयुक्त राजीनामा ।

    महोदय,
    तीन दशकअघि मुलुकमा राप्रपा स्थापना हुँदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा एउटा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने र राजनीतिक परिवर्तनलाई आत्मसात गरेर मुलुक र जनताको आकांक्षा सम्बोधन गर्ने लक्ष्यका साथ हामी राप्रपामा आबद्ध रही क्रियाशील रहँदै आएको सर्वविदितै छ । पार्टीले संस्थापक अध्यक्ष स्व. सूर्य बहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा बैकल्पिक प्रजातान्त्रिक शक्ति भएको तथ्य पनि हाम्रा सामू जग जाहेरै छ ।

    राप्रपाले मुलुकमा समय समयमा भएका परिवर्तनलाई सहजताका साथ आत्मसात् गर्दै अग्रगामी मार्ग अवलम्बन गर्दै आएको थियो । राप्रपा समय समयका टुटफूट र गूटका निरन्तर श्रृंखलाहरु पार गर्दै  पहिलो तथा दोस्रो संविधानसभा निर्वाचनमा निशर्त सहभागी बन्यो । दोस्रो संविधानसभाले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा पार्टी सक्रिय सहभागी भएको र त्यसको अपनत्व र स्वामित्व लिँदै संविधान कार्यान्वयनका लागि गणतान्त्रिक संविधान अन्तर्गत गठित सरकारहरुमा सहभागी हुँदै आएको हो । यसरी राप्रपा परिवर्तनको प्रबाहमा समाहित हुँदै प्रजातान्त्रिक मूल्य र मान्यताको अडानमा स्पष्टरुपमा उभिँदै आएको सर्व विधितै छ ।

    तर, पार्टीका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको निधन पश्चात् पार्टीले सवल नेतृत्व मात्रै गुमाएन, पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको  छ । जसका कारण पार्टी दिशाहिन बनेको छ । संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि  संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।

    भागबण्डा मिलाएर पार्टी एकता पछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम छ भने एकतापछिको सचिवालय कार्य व्यवस्था समिति सहित विभिन्न निकायको गठनमा समावेशीतालाई पुरै वेवास्ता गरिएको छ । पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन । मधेशी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ । एकता पश्चात बनेको केन्द्रिय कार्य समितिमा लामो समयदेखि केन्द्रीय कार्य समितिमा रही योगदान पु¥याएका महत्वपूर्ण साथीहरुलाई समेत समावेश नगरिएको तथ्यले समितिहरुको गठनमा क्षेत्रगत असन्तुलन र विभेद प्रष्टै देखिएको छ । देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना भएको छैन भने कैयौं जिल्लालाई केन्द्रिय प्रतिनिधित्वबाट नै वञ्चित गरिएको छ ।

    पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमत विपरित पार्टी गएकोमा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टी पंक्ति जानकार नै छ । तर पार्टी नेतृत्व पुनः ढुलमुले दृष्टिकोणमा अघि बढिरहँदा पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको यथार्थ हो । हामीले यस सन्दर्भमा आफ्ना धारणा निरन्तर राख्दै आयौँ र नेतृत्व जनमतको प्रतिकुल दिशामा सहभागी भइरहेपछि हामी जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेका छौँ । उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं ।

    अन्त्यमा, नेतृत्व वर्ग र समग्र पार्टी पंक्तिबाट विगतमा प्राप्त भएको सद्भाव प्रति हामी कृतज्ञता जनाउन चाहन्छौँ । लामो समयसम्म पार्टीका विभिन्न तह र तप्कामा रही प्रतिकुल तथा अनुकुल समयमा हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । धन्यवाद,
    सि.नं.
    नाम, थर    जिल्ला हालको पद  हस्ताक्षर
    १   सुनिल बहादुर थापा  धनकुटा उच्च स्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री, राप्रपा, (पूर्व मन्त्री उद्योग वाणिज्य)
    २   विष्णु विक्रम थापा  सिन्धुपाल्चोक  उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृह राज्य मन्त्री
    ३   बाबुराम बस्नेत भोजपुर उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
    ४   बृजलाल यादव बारा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
    ५   पदम बहादुर बस्नेत धनकुटा केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति धनकुटा
    ६   किरण गिरी  काठमाडौं    केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
    ७   दिलिप राई  झापा  केन्द्रिय सदस्य
    ८   आशाराम चौधरी कैलाली केन्द्रीय सदस्य
    ९   चन्द्र कुमार घुण्डे गुरुङ संखुवासभा  केन्द्रीय सदस्य, राप्रपा
    १०  श्रीमती राज्य लक्ष्मी श्रेष्ठ   नुवाकोट संविधान सभा सदस्य
    ११  चतुरमान विश्वकर्मा  झापा  केन्द्रीय सदस्य
    १२  राम पदारथ शाह    सर्लाही केन्द्रीय सदस्य
    १३  बिरेन्द्र लाल कर्ण    धनुषा  पूर्व केन्द्रिय सदस्य
    १४  नारायण राउत  भोजपुर पूर्व केन्द्रिय सदस्य
    १५  इन्द्र बहादुर तामाङ्ग सिन्धुपाल्चोक  पूर्व जिल्ला अध्यक्ष, जिविस उपसभापति
    १६  राज कुमार भट्टराई सिन्धुपाल्चोक  पूर्व जिल्ला अध्यक्ष, शिक्षक परिषद
    १७  डम्बर बहादुर राई   भोजपुर महाधिवेशन प्रतिनिधी
    १८  माधव पौडेल सिन्धुपाल्चोक  जिल्ला कार्य समिति सदस्य
    १९  अर्जुन विक्रम थापा  सिन्धुपाल्चोक  पूर्व गाविस अध्यक्ष

    एउटा निर्मम राजनीतिक निर्णय :-
    बिगत – ३० बर्ष देखिको त्याग ,तपस्या लगानी र योगदानका तिलान्जली दिदै अध्यक्ष त्रयको रबैयाको कारण ,सैधान्तिक ,नितिगत , बैचारिक बिमतिका साथ  राप्रपाको सबै तहको पद र जिम्मेवारी बाट अलग रहने घोषणा गर्दछु । यो विषम परिस्थिति ल्याउन सक्रिय भुमिका खेल्नु भएका  अध्यक्ष त्रयमा धन्यवाद ।।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑