• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसिड हान्‍नेलाई जन्मकैद होस्, पीडितको नि:शुल्‍क उपचार गरोस्

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार १७:३१
  • ४१६९

    विरगंज । नेपालमा बर्सेनि एसिड आक्रमणका घटना बढिरहेका छन्। बिहीबार मात्र पनि सीतापाइलामा ओखलढुङ्गाको एक युवतीमाथि एसिड आक्रमण भयो। उनलाई एसिड हान्‍ने र हान्‍न लगाउने दुवै जनालाई प्रहरीले पक्राउ गरी कानुनको दायरामा पनि ल्याइसकेको छ। उता, पीडित युवती कीर्तिपुरमा अस्पतालमा उपचारार्थ छिन्।
    यस्तै, एक वर्षअगाडि वीरगन्जमा मुस्कान खातुनमाथि एसिड आक्रमण भयो। एसिड प्रहारले उनको शरीरको एक भाग पूर्णरुपले जल्‍नुका साथै मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको थियो। हाल उनी काठमाडौंमै बसी कीर्तिपुरको ‘नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर’ अस्पतालमा नियमित उपचार गराइरहेकी छिन्।
    शुक्रबार बिहानै खातुन सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीलाई भेट्न कीर्तिपुर पुगिन्।
    आफू जस्तै पीडामा परेकी युवतीलाई भेटेर खातुनले के भनिन् होला? हाल खातुनको अवस्था कस्तो छ? सरकारसँग उनको के आशा छ? यी र यस्तै विषयको सेरोफेरोमा रहेर उनै मुस्कान खातुनसँग  थाहाखबरकर्मी अतिन आचार्यले गरेको संवाद :
    तपाईंमाथि एसिड आक्रमण भएको कति भयो?
    एक वर्ष हुन लाग्यो।
    अहिले कस्तो छ?
    नियमित उपचारमा छु। हप्तामा २ पटक उपचारको लागि अस्पताल जाने गरेकी छु।
    कहाँ बसेर उपचार गर्दै हुनुहुन्छ ?
    काठमाडौंमा बसेर उपचार गरिरहेको छु। वीरगञ्जमा उपचारका लागि सुविधायुक्त अस्पताल छैनन्।
    पढाइ छोड्नुभयो वा कहाँ पुग्यो?
    कक्षा ९ पढदापढदै यस्तो भयो। पुनः पढाइ सुचारु गर्ने योजनामा छु। घरमा बस्दा पनि पढ्छु,आफूले सक्ने काम गरिरहेको छु। काठमााडौंमा बसेर पढ्छु। धेरै विद्यालयले पढनका लागि बोलाउनु भएको छ। सबैको साथ र माया पाएकी छु।
    पढाइ पूरा गरेर के बन्ने सोचमा हुनुहुन्छ?
    मेरो पढाइ पूरा गरेपछि डाक्टर बन्ने सोचमा छु। म अहिले यस्तो अवस्थामा हुनु भनेको नै डाक्टरको योगदानले हो। अहिले आएर सोचिरहेको छु, अरुको सेवा गर्दा जस्तो अरूमा आनन्द नहुँदो रहेछ। मलाई महसुस भएको छ। अस्पतालमा बसाइको अनुभवले मलाई यस्तो ज्ञान पाएको हुँ।
    तपाईंको उपचार प्रक्रियाको बारेमा कुरा गरौँ न। उपचार कसरी गरिरहनु भएको छ?
    हामी जस्तो निम्न वर्गका मानिसलाई एसिड आक्रमणको उपचार एकदमै मँहगो छ। यसको औषधि मँहगो छ। अहिले मलाई उपचार गर्नलाई पनि गाह्रो भएको छ।
    उपचार विधि मँहगो छ। उपचारको लागि कसरी व्यवस्थापन गरिरहनु भएको छ?
    उपचार खर्च जुटाउन बाबासहित मेरो परिवारका सदस्यले धेरै मिहिनेत गरिरहनु भएको छ। अहिले त उपचारको लागि पैसाको पनि अभाव भइरहेको छ। कोभिडको कारणले मेरो अप्रेसन हुन सकेको छैन। महामारी सकिएपछि तुरुन्त अप्रेसन गर्नु छ। अप्रेसन गर्नको लागि पैसा चाहिएको छ।
    आक्रमण हुनुभन्दा अगाडि र पछाडि परिवार, साथीभाइ,समाजको सदभाव कस्तो पाइरहनु भएको छ?
    परिवारमा पहिले जस्तो छ अहिले पनि त्यस्तै छ। परिवारमा बाबा-आमाले अझ बढी माया गर्नुभएको छ। समाजमा मलाई चिनेका मानिसहरुले धेरै माया गर्नुहुन्छ,सबैको साथ र मायाले अहिलेको अवस्थामा छु। नजानेका,नबुझेका र नचिनेका हरुले फरक व्यवहार गरेको महसुस हुन्छ।
    एसिड पीडितहरूलाई राज्यले कस्तो व्यवहार गर्नुपर्छ?
    सबैभन्दा पहिले सरकारले एसिड हान्नेलाई जन्मकैदको कानुन बनाओस् र पीडितहरूको नि:शुल्‍क उपचार गरोस् भन्न चाहन्‍छु। एसिडबाट जलेको उपचार गर्न महँगो छ हामी जस्तो मानिसले उपचार गर्नलाई धेरै गाह्रो छ। राज्यले पहिले एसिडपीडितहरूको निम्ति नि:शुल्क उपचार गरिनुपर्छ।
    पीडितहरूको पनि जीवन छ भनेर उनीहरूको राम्रो समुन्नत जीवन होस् भनेर पुनःस्थापना केन्द्र खोलिनुपर्छ।
    सीतापाइलामा आक्रमण भएकी युवतीलाई भेटेर के सल्लाह दिनुभयो?
    मैले आक्रमण भएको राति थाहा पाएँ। राम्रोसँग खाना पनि खान सकिनँ सुन्नासाथ। यसको पीडा मैले भोगेकी छु। कस्तो हुन्छ मलाई राम्रोसँग थाहा छ। अस्पतालमा जाँदा उहाँ सुतिरहनु भएको थियो। यो समयमा रोएर मात्र भन्दा पनि हामी आफैँ बलियो हुनुपर्छ, दागले केही हुन्न, जीवन त बाँकी छ। हामीले हार खान हुन्न, मलाई हेरेर आत्मबल बनाउनुहोस् भनेर सान्त्वता दिएँ।
    एसिड आक्रमण गर्नेलाई कस्तो कारबाही वा कानुन बनाइनुपर्छ जस्तो लाग्छ?
    हामीले पहिलेको जस्तो रूप पाउन नसकिने भएकोले मेरो रूप पाउन त सक्दिनँ।  तर हामीलाई यसरी जीवनभरि पीडा दिने पीडकलाई जन्मकैदको कारबाही हुनुपर्छ। जसरी मेरो खुसी खोसियो त्यसरी अरूको खुसी खोस्न कसैले साहस गर्न नसकोस्। जुनसुकै उमेरको पीडक भए पनि उनीहरूलाई काराबासकै कानुन् होस्। उमेरको आधारमा छोड्दा उनीहरूमा आत्मबल बढ्‍न गई फेरि अपराध गर्नतर्फ जान सक्छन्। थाहाखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑