वीरगंज | विश्वमा विध्वंस गरिरहेको कोरोना भाइरस पहिलो पटक चीनबाट बाहिर आएको हो । विश्वभरका मानिस संक्रमिग्त भएका कोरोना आधिकारिक रुपमा सार्स-कोभ-२ को नामबाट चिनिन्छ, यो अहिले म्युटेट भइरहेको छ ।म्यूटेट हुनुको मतलब भाइरसको जेनेटिक मटेरियलमा परिवर्तन हुनु हो । वैज्ञानिकहरुले यस भाइरसमा हजारौं म्यूटेशन भएको बताएका छन् । केवल एक प्रकारको म्यूटेशनमा भने भाइरसको व्यवहारमा परिवर्तन ल्याउन सफल बहेको संकेत मिलेको उनीहरुले बताएका छन् ।
अन्य फ्लु भाइरसको तुलनामा कोरोना भाइरस निकै सुस्त गतिमा परिवर्तन भइरहेको छ । तर मानिसमा यस भाइरसबाट बच्नको लागी प्रतिरोधात्मक शक्ति कमजोर छ र यसको खोप भने तयार भइसकेको छैन । भाइरसमा कुनै प्रकारको परिवर्तनमा कमि देखिएको छ । भाइरस आफै फैलिने प्रक्रियामा व्यस्त रहेको छ ।वैज्ञानिकहरुको अनुसार डी६१४जी को म्यूटेशन देखिएको छ । जुन भाइरसको ‘स्पाइक’ मा रहेको छ र यसको सहयोगले भाइरस मानव कोशिका भित्र जान्छ ।
चीनको वुहान शहरमा फैलिए पछि भाइरसको उक्त म्यूटेशन इटालीमा पाइएको थियो । यस म्यूटेशन अहिले विश्वको ९७ प्रतिशत नमुनामा पाइएको थियो ।म्यूटेशनको कारण भाइरस फैलिएको हो वा संयोग मात्र हो भन्ने कुरामा वैज्ञानिकहरु खोजि गरिरहेका छन् । यूनिभर्सिटी कलेज लन्डनका ल्यूसी वेन ड्रपको अनुसार, ‘भाइरस फैलिने कुनै एक तरिका छैन, यो लगातार परिवर्तन भइरहन्छ, केहि परिवर्तन यिनलाई फैलिन सहयोग गर्ने हुन्छ त कुनै फैलिन रोक्ने हुन्छ र बाँकीको कुनै असर हुँदैन ।’
म्यूटेशन भएको भाइरस फैलनुको कारण, भाइरस शुरुवातको चरणमा नै व्यापक रुपमा फैलिसकेको थियो । यसलाई फाउन्डर इफेक्ट भानिन्छ । डा वेन ड्रपको समूहको अनुसार यस म्यूटेशन फैलिनु कारण पनि यहि रहेको छ तर यसले निकै विवाद पनि बढाएको छ ।शेफिल्ड विश्वविद्यालयका डा थुशान डी सिल्वा यसमा महमति जनाउदै भन्छन्, ‘यस कुरा बताउनको लागि पर्याप्त तथ्य रहेको छ, भाइरसको उक्त संस्करणसंग एउटा ‘सेलेक्टिभ एड्भान्टेज’ रहेको छ जसमा पछिल्लो संस्करण भन्दा व्यापक रुपमा फैलिन सक्ने क्षमता रहेको छ ।’
उनी भन्छन्, ‘अहिले पक्का रुपमा भाइरस पहिलाको भन्दा अधिक फैलिने भन्न सकिदैन तर निश्चित रुपमा भन्न सकिन्छ कि यो न्युट्रल भएर बस्ने छैन ।’फ्लोरिडाको स्क्रिप्स विश्वविद्यालयका प्राध्यापक हायेरयुन कोई र माइकल फर्जानको अनुसार, ‘जब यस भाइरसको प्रयोगशालामा अनुसन्धान गरियो तब थाहा भयो कि म्यूटेटेड भाइरस मानिसको कोषिकामा आफ्नो पछिल्लो भेरियसन भन्दा सजिलै प्रवेश गर्न सक्छ, यसको स्पाइक प्रोटीनमा परिवर्तन भएकोले कोषिकामा राम्रोसंग टासिएर काम गर्नको लागि सहयोग गर्छ ।’
न्युयोर्क विश्वविद्यालयका नेविले संजनाले एक भाइरसको स्पाइक प्रोटीनमा परिवर्तन गर्ने प्रयास गरे र त्यसको तुलना सार्स-कोभ-२ को साथमा गरियो जुन वुहानमा फैलिएको थियो ।उनको अनुसार, म्युटेट भएको भाइरसको फैलन सक्ने शक्ति शुरुवातको भाइरसको भन्दा धेरै रहेको छ ।वेनको अनुसार वास्तविक बिरामीमा यसको कति प्रभाव हुन्छ, यो भने प्रष्ट भएको छैन तर प्राध्यापक फर्जानको अनुसार यसमा जैविक अन्तर रहेको छ । जसको मतलब भाइरस म्युटेशनको कारण तिब्र गतिले फैलिरहेको छ । तर अहिलेसम्म यस कुराको पक्का प्रमाण भने पत्ता लागेको छैन ।
यसले धरै बिरामी गर्छ वा धेरै दिन अस्पतालमा बस्नपर्ने बनाउछ भन्ने कुराको अझै पुष्टि भएको छैन ।सामान्यरुपमा तिब्र गतिमा फैलिएपनि खतरनाक नहुनपनि सक्छ र कतिपय रुपमा यो उल्टो पनि हुन जान्छ । कोरोना भाइरस म्युटेट भएपश्चात् अझ धेरै प्राणघातक भएको कुराको पक्का प्रमाण भने छैन ।
म्युटेशन नै महामारी हो
ठुलो जनसंख्या भएको ठाउँको अनुसन्धान गर्दा भाइरस पहिला भन्दा धेरै खतरनाक भएको हो वा लकडाउनले यसमा प्रभाव परेको हो थाहा हुन मुस्किल छ ।प्राध्यापक कार्बरको अनुसार अब यो नयाँ म्यूटेटेड भाइरस चीन समेत अन्य स्थानमा पाइएको छ र नयाँ भर्जन पुरानोको तुलनामा मानिसमा फैलिन सजिलो हुने देखिएको छ ।दुवै भाइरस फैलिरहेको छ तर नयाँ संस्करणको भाइरस तिब्र गतिमा फैलिन प्रभावित भएको छ ।वास्तवमा डी६१४जी भेरीएन्ट प्रभावकारी रहेको छ र अब यही महामारी बनेको छ । पूर्वी अमेरिका र वेलायतमा महामारीको शुरुवात पछि यहि भाइरसको संक्रमण फैलिएको हो ।
म्युटेशन न्युट्रल छैन भन्ने कुरा महामारी फैलिएको रुपबाट बाट पक्का भएको छ । प्रायजसो खोप विभिन्न प्रकारको स्पाइक अनुसार बनाइदै छ र त्यसमा पनि म्युटेशानको धेरै असर नपर्ने देखिन्छ ।अनुसन्धानमा पुन भाइरस संक्रमण नहुने तथा खोप लगाईसकेपछि बचाउन सकिने कुरा पत्ता लागिसकेको छ । कोभिड -१९ को विज्ञान लगातार परिवर्तन भइरहेको छ र वैज्ञानिक यसमा निरन्तर अनुसन्धान गरिरहेका छन् ।