• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनप्रतिनिधि भन्छन्– राम हाम्रा छोरा हुन्, प्रमाण जुटाउदैछौं

  • वीरगंज संजाल
  • १२ श्रावण २०७७, सोमबार १४:५२
  • ६७६५

    वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा भएको प्रष्ट भएको छ । सीताकालीन सभ्यता र संस्कृतिसँग मेल खाने अनेकौँ सामान भेटिपछि ठोरीवासीले भगवान् रामको जन्मभूमि उत्तर प्रदेशको अयोध्यामा नभएर पश्चिमी पर्साको अति दुर्गम गाउँपालिका ठोरीमा भएको प्रमाण जुटाउनमा व्यस्त देखिन्छ ।

    उनीहरुले रामायणकालीन घटनासँग जोडिएका ऐतिहासिक तथ्य सङ्कलनमा तदारुकता देखाउनुपर्ने चर्चा गर्न थालेका छन् । अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपछि सो क्षेत्रसँग जोडिएका जनप्रतिनिधि अहिले उत्साही मात्र होइन, अब भगवान् राम ज्वाइँ नभएर नेपालको छोरा भएको भन्दै खुशी व्यक्त गर्न थालेका छन् ।

    विसं २०३४ अगाडि ठोरी गाउँ चितवनकै एक हिस्सा थियो, जसलाई ठोरीमाडी भनिन्थ्यो । राज्यबाट सधैँ उपेक्षाको शिकार हुँदै आएको ठोरी प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण एकाएक चर्चामा आएका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्ति तथ्यकै आधारमा भएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिले भगवान् रामको जन्म यहीँ भएको भन्ने तर्क अघि सार्दै आएका छन् ।

    भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँ ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका छन् । उनीहरू भन्छन्, “राम र सीतासँग जोडिएका यस क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थल यहाँ रहेको छ । त्यसैले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन तथा खोज हुनुपर्नेमा जोड दिएका छन् ।”

    जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने भन्छन्, “अयोध्या भारतमा नभएर नेपालमै भएको यहाँ धेरै प्रमाण छन् । यसको खोज अनुसन्धान हुन नसकेका कारण ओझेलमा परेको हो ।” यसको खोज तथा अध्ययन राज्यस्तरबाट हुनुपर्नेमा जोड दिए ।भगवान् रामको तपोभूमि ठोरीको रामनगर भन्ने ठाउँ पनि यही नै रहेको छ । रामको बासस्थान यहाँ भएकाले सो ठाउँलाई रामनगर भन्ने गरेको किंवदन्ती रहिआएको छ । रामनगरको ठुटेखोला पारी सोमेश्वर पहाडको काखमा सीता गुफासमेत रहेकाले अयोध्यापुरी यही हुने यथेष्ट प्रमाण छ ।

    सोमेश्वर पहाडको शिखरले नेपाल–भारतको सीमा छुट्याउने काम गरेको छ । सोमेश्वर पहाडको उत्तरतर्फ नेपालपट्टिको भागमा सीता गुफा अवस्थित छ । जुन अहिले ठोरी गाउँपालिका– २ मा पर्दछ । पहाडको शिखरको दक्षिणपट्टि भारतको वाल्मीकि टाइगर्स रिजर्भको जङ्गल रहेको छ । उक्त भारततर्फको जङ्गल नेपालको अयोध्यासँग जोडिएकाले त्यो ठाउँको नाम वाल्मीकि टाइगर्स रिजर्भ राखिएको हुनसक्ने तर्क ठोरीका बासिन्दाको छ ।

    ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ढिलै भए पनि प्रधानमन्त्री ओलीले अयोध्या ठोरीमा अवस्थित छ भनेर बताउनु स्वागतयोग्य भएको बताउनुभयो । उनले भने, “सीता गुफाको संरक्षण र सम्वद्र्धनमा हामी निरन्तर लागिरहेका छौँ ।” सीतागुफा क्षेत्रमा राम–सीताको मन्दिर बनाउन रु सात लाख बजेटसमेत विनियोजित गरिसकिएको समेत बताउनुभयो । ठोरीमै रहेको सीता गुफा जहाँ भगवान्ले सभा गर्ने डाँडा रहेको छ ।

    उन्नाइसौँ शताब्दीदेखि ठोरीको इतिहास रहेको स्थानीयको भनाइ छ । यहाँ सीतागुफा, राम–सीतासँग जोडिएका थुपै्र धार्मिकस्थल ठोरी–माडीकै आसपासका क्षेत्रमा रहेका छन् । त्रेता युगमा भगवान् रामले सीतालाई बनवास गरेको समयमा सीता गर्भवती थिइन् । यस्तो अवस्थामा राज्यबाट निकालिएका माता सीता वाल्मिकी आश्रममा शरण लिएकी थिइन् । जहाँ सीताले लव र कुश नाम गरेका दुई पुत्रलाई जन्म दिएकी थिइन् ।

    अहिले वाल्मिकी आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्दछ । सोमेश्वर पहाडको किनारमा सीतागुफा अवस्थित छ भने सोही पहाडको पश्चिमतर्फ चितवनको माडीमा अयोध्या अर्थात् अयोध्यापुरी रहेको छ । रामायणकालीन घटनासँग जोडिएका पात्र सोमेश्वर पहाडकै आसपासमा रहेकाले यसको खोजी तथा अनुसन्धान आवश्यक रहेको ठोरीवासीको भनाइ छ ।

    इतिहासको कालखण्डमा अहिलेसम्म ओझेलमा रहेको सीता गुफा प्रधानमन्त्रीको अभिव्यक्तिसँगै एकाएक चर्चामा आएको छ । यहाँ जनकनन्दनी सीताले बनवासका क्रममा यही गुफामा तपस्या गरेको किंवदन्ती रहिआएको छ । गुफाको नजिकै रहेको अजङ्गको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । शिवलिङ्गको यो आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित नै छ । ठोरीको जङ्गलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मिकी आश्रम पुगेकी थिइन् । वाल्मिकी आश्रम अहिले हिन्दूको महत्वपूर्ण धार्मिकस्थलका रूपमा प्रख्यात रहेको छ ।

    समाजसेवी अमृतकृष्ण सापकोटा भन्छन्, “पौराणिककालदेखि नै सीताले तपस्या गरेको पवित्रस्थलका रूपमा गुफालाई लिँदै आएको छ । भगवान् राम र सीताप्रति आस्था राख्नेले यस ठाउँमा आएर पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । हाल यो ठाउँको संरक्षण, प्रवद्र्धन, प्रचारप्रसार अहिलेसम्म हुन नसकेकाले ओझेलमा परेको छ ।”ठोरीवासी एकै स्वरमा भन्छन् सीताको जन्मभूमि जनकपुर, पर्साको ठोरी र लव र कुश जन्मेको वाल्मिकी आश्रमलाई राज्यबाट संरक्षण, सम्वद्र्धन र पहिचान गरी सीताको जीवन गाथासँग जोडिएका धार्मिक तथा पुरातात्विक स्थलको संरक्षण गरी राज्यले विश्वसामु प्रस्तुत गर्नु जरुरी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑