• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भगवान रामको जन्मस्थल बारे अध्ययन गर्नुपर्ने

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार १४:४४
  • २९९७

    चितवन । भगवान रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् ।हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो ।चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे भनिँदैछ, त्यो सबै नक्कली कुरा मात्र भएको बताउनुहुन्छ । यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्योलमै रहेको भन्दै उनले भारतको सर्वाेच्च अदालतले समेत राम जन्मेको भन्ने कुनै प्रमाण दिन नसकेको बताए ।

    उनले भने, “अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्वीकार्न सकेको छैन ।” कालीदासको पुस्तक ‘मेघदूत’ मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई ‘साकेत’ भनेर उल्लेख गरिएको पोखरेलले बताए ।राम कता जन्मिए भन्ने विषयलाई बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै उनले भने, “बौद्धधर्म दर्शनका पुस्तक अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशास्त्रहरुमा ‘साकेत’ भनेर उल्लेख गरिएको पाइन्छ ।”

    लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि जनकपुरमा जन्मिएकाले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिने उनको भनाइ छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल नगरपालिकाको वडा नं ९ गणेशकुञ्ज क्षेत्रमा विगतका पैसा, माटोका भाँडा, इँटाजस्ता सामग्री भेटिएको बताउछन् । सरकारी वन क्षेत्रमा ती सामग्री भेटिएको भन्दै उहाँले यस क्षेत्रको गहिरो अध्ययन जरुरी रहेको बताए । इतिहासविद्हरु, पुरातत्व विभाग लगायतसँग समन्वय गरेर रामको जन्मका विषयमा थप अध्ययन गर्ने तयारीमा नगरपालिका लागेको उनले जानकारी दिए ।

    नगरपालिकाले धार्मिक गुरुहरुको भेला गरी उनीहरुको सुझाव सङ्कलन गरेको बताउँदै ढकालले स्थानीय सरोकारवालाहरुसँग नियमित छलफल भइरहेको बताए । महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरी यस विषयमा विस्तृत अध्ययन आवश्यक रहेको बताउछन् । प्रमाणबिना बोल्दा झन् सतही हुने भएकाले राजनेताहरुले विज्ञहरुसँग परामर्श लिएर मात्रै यस्ता महत्वपूर्ण विषयहरु सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ ।

    पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम प्रधानमन्त्रीबाट विषय उठान भइसकेकाले रामको जन्मभूमिका विषयमा अध्ययन अनुसन्धान थाल्नुपर्ने बताउछन् । प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, भूगोल विभाग, इतिहास विभाग लगायतका विज्ञहरुसँग परामर्श गरेर अघि बढ्ने तयारी विभागले गरेको गौतमको भनाइ छ ।नेपालमा बुद्धका बारेमा विस्तृत अध्ययन भएको भए पनि राम र कृष्णका बारेमा खासै अध्ययन नभएको भन्दै उनले यस्ता महत्वपूर्ण विषयमा हामीले ध्यान पुर्याउनुपर्ने बताए । यसअघि माडीमा अयोध्यापुरी गाउँ विकास समिति नै रहेको थियो । माडीका चार गाउँ विकास समिति मिलेर माडी नगरपालिका बनेको हो ।

    विसं २०५४ मा अयोध्यापुरी गाउँ विकास समितिका अध्यक्ष रहनुभएका नारदमणि पौडेल राम यहाँ जन्मेको भन्ने कुरा सत्यताको नजिक रहेको बताउछन् । उनले अयोध्यापुरीको पश्चिममा वाल्मीकि आश्रम र पूर्वमा जनकपुर रहेको बताए । वाल्मीकि आश्रममा लवकुश जन्मिएका हुन् भने जनकपुरमा सीता जन्मिएकी हुन् । दुवै ठाउँ यो मध्य भाग हो । जहाँ सीता गुफा पनि भएको उनको भनाइ छ ।

    सोही क्षेत्रका अध्येता पण्डित बलभद्र पौडेलले आफ्नो लेखमा रामको जन्मभूमि सोही क्षेत्र भएको उल्लेख गरेको र उनका छोरा हरिकृष्ण पौडेलले पनि यसै विषयमा अध्ययन गरिरहेकाले रामको जन्मभूमि वा विचरण गरेको क्षेत्र अयोध्यापुरी नै भएको ठम्याइ आफूहरुको रहेको उनको भनाइ छ । उनले यस क्षेत्रको अध्ययन गर्नुपर्नेमा जोड दिए ।सोमेश्वर पर्वतको काखमा सीता गुफा रहेको छ । सीताले अयोध्या त्यागेपछि वनबास जीवन बिताउने क्रममा यसै गुफामा बसेर तपस्या गरेको किंवदन्ती छ । अयोध्याका राजा रामको आज्ञा पालना गर्दै लक्ष्मणले सीतालाई वनमा लगेर छाडिदिएपछि सीता भौँतारिँदै यस क्षेत्रमा आएको भनाइ छ ।

    गुफाको नजिकै रहेको अजङ्गको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिवलिङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित छ । ठोरीको जङ्गलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेको जनविश्वास छ ।वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । माडीकै वडा नं १ मा वाल्मीकि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसङ्ग पनि मिल्ने गरेको छ । वाल्मीकि आश्रममा सीता बसेको, लवकुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ ।

    वाल्मीकि आश्रम त विश्वकै हिन्दूका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसङ्ग तर्कसङ्गत पनि देखिन्छ । माडीको पाण्डवनगरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दूरीमा पर्छ तर सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले माडीवासीको सहज पहुँचमा छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑